काठमाडौँको टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

काठमाडाैं । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।
टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार नगर उपप्रमुखमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताउनुभयो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले०को तर्फबाट प्रकाश अधिकारी नगरप्रमुख र ज्ञानमाया डङ्गोल उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
हाल नेकपा ९एमाले०बाट वर्तमान नगरप्रमुख अधिकारी र उपप्रमुख डङ्गोलको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा रजनी थापा र उपप्रमुखमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
साविकको गोङ्गबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




