प्रमुख खवर

वडालाई समुन्नत बनाउने लक्ष्यसहित केसीको उम्मेदवारी

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ को अध्यक्षमा समाजसेवी धर्म केसीले उम्मेदवारी दिएका छन् । उनले नेपाली काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

पूर्व प्रहरी भएर अवकास प्राप्त गरेका उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । विभिन ठाउँमा देशको सेवा गरेको र अब अवकास पछिको जीवन पनि देशकै सेवामा समर्पित गर्ने उनको भनाई छ ।

प्रहरी सेवामा हुँदा इमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका उनी कार्यरत ठाउँहरुमा अझै उदाहरणको रुपमा लिइने गरेका छन । सानैदेखि पढाईमा अब्बल उनको शिक्षा नेपालकै प्रसिद्ध विद्यालय बुढानिलकन्ठमा भएको हो भने उच्च शिक्षा त्रिचन्द्र कलेजमा भएको हो ।

देश विदेशको अनुभव संगालेका उनी समाज विकासलाई चेतना शिक्षामा जोड दिनुपर्ने बताए । स्थानीय चुनावमा वडाबासीले आफूलाई अत्याधिक मतदान गर्ने कुरामा उनी ढुक्क छन् । वडाबासीको आर्थिक तथा जीवनस्थर अबको ५ वर्षमा बढाउन शिक्षामा विकास, पर्यटक वडामा रुपान्तर्ण गर्ने, स्वरोजगारिता आदि उनका मुख्य एजेन्डाहरु छन् ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...