शुक्रबार, असार ६, २०८२
English
Follow us:

मितेरी सहकारी हिनामिनामा जोडिएका ज्योति भण्डारीलाई नेपाल ल्याइयो

मितेरी सहकारी हिनामिनामा जोडिएका ज्योति भण्डारीलाई नेपाल ल्याइयो

  • खबर सेवा

  • बिहिबार, असार ५, २०८२

  • 36
    SHARES
मितेरी सहकारी हिनामिनामा जोडिएका ज्योति भण्डारीलाई नेपाल ल्याइयो

काठमाडौँ । मितेरी सहकारीको रकम हिनामिनाको आरोप लागेर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरेर नेपाल ल्याइएको छ।

उनलाई गएराति काठमाडौं ल्याइएको हो। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको समेत नाम मुछिएको मितेरी सहकारीको रकम हिनामिनासम्बन्धी उजुरीले पनि अब गति लिने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सीआइबीले जाहेरी लिएर केही तथ्य खोजी गरेको थियो। तर सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराजकै पूर्वपत्नी ज्योति गुरूङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ नपर्दा अनुसन्धानले गति लिन सकेको थिएन।

अब भने सहकारीको १४ करोड रकम अपचलनमा धनराजको भूमिका खुल्ने विश्वास प्रहरीको छ।

यो सहकारी ठगीमा कांग्रेसका उपसभापति धनराज गुरूङको नामसमेत मुछिएको छ। सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराजकी पूर्वश्रीमती ज्योति गुरूङ फरार छिन्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology