शनिबार, असार ७, २०८२
English
Follow us:

नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

  • खबर सेवा

  • शुक्रबार, असार ६, २०८२

  • 35
    SHARES
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

काठमाडौं। नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १६ गते पेसी तोक्ने आदेश गरेको छ ।

बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै २०८१ पुस १४ गते मुद्दा दर्ता भएको थियो । विशेषले घुस रिसवत प्रकरणमा सञ्चालक कँडेललाई पनि दोषी ठहर गरेको छ ।

कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि बस्नेतलाई घुस दिएको कसुर ठहर अदालतले गरेको छ ।

अदालतले बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ । उर्मिलाले घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको तथ्य नदेखिएको भन्दै उनले सफाइ पाएकी हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology