आइतवार, साउन १२, २०८२
English
Follow us:

भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरीले गोली

भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरीले गोली

  • खबर सेवा

  • शनिबार, साउन ११, २०८२

  • 42
    SHARES
भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरीले गोली

सिरहा। सिरहा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गर्न गोली चलायो। पक्राउ पर्नेमा भारतको मधुवनीका श्यामसुन्दर पासवान रहेको र उनी लागुऔषध ओसारपसारमा संलग्न थिए।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पासवानले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाका आधारमा शनिबार अपरान्ह चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

बीआर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार पासवानलाई सुराकीका आधारमा जाँच गर्न खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायर गर्नु परेको प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology