मङ्लबार, साउन १४, २०८२
English
Follow us:

यी हुन् हराएका १६ जना हायु परिवार[नामावलीसहित]

यी हुन् हराएका १६ जना हायु परिवार[नामावलीसहित]

  • खबर सेवा

  • सोमवार, साउन १३, २०८२

  • 46
    SHARES

सिन्धुली। सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ बागेश्वरबाट बेपत्ता भएकाहरूको सूची सार्वजनिक भएको छ। वडाध्यक्ष रविन श्रेष्ठले बेपत्ता हुने हायु परिवारका सदस्यको सूची सार्वजनिक गरेका हुन्।

प्रहरीका अनुसार एकै परिवारका १६ जना तीन दिनअघि रामेछापसम्म पुगेको थाहा भएको छ।
बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए।
हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरू सबैले सरकारले उपलब्ध गराउँदै आएको केही दिनअघि मात्रै बुझेका थिए।

  1. यी हुन् बेपत्ता भएकाहरू
    १ वर्ष ५२ की उर्मिला हायु।आमा
    २ वर्ष २७ की कमला हायु।छोरी
    ३ वर्ष २३ की कोमल माया हायु।बुहारी
    ४ वर्ष २२ की उषा हायु।छोरी
    ५ वर्ष १९ की सुजता हायु।छोरी
    ६ वर्ष १८ की अस्मिता हायु।छोरी
    ७ वर्ष १२ की सान्ता हायु।छोरी
    ८ वर्ष २९ को राजु हायु।छोरा
    ९ वर्ष २४ को हिमाल हायु।छोरा
    १०वर्ष १६ को लाल बहादुर हायु।छोरा
    ११ वर्ष १४ को बेग बहादुर हायु।छोरा
    १२ वर्ष ११ को लक्की हायु।छोरा
    १३ वर्ष १२ को सुवर्ण हायु।छोरा
    १४ वर्ष १० की ओम कुमारी हायु।छोरी
    १५ वर्ष १ को अर्जुन हायु।नाती
    १६ वर्ष ४ की रियासा हायु।नातिनी


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology