विकृत राजनीति र सचेत युवाहरु

दर्शन बिचार सिद्धान्त लाई लागू गर्न र समाज बदल्न राजनितिक आन्दोलनको बाटो भएर जाने भए पनि नेपालमा यो व्यक्तिको स्वर्थ पूरा गरि व्यक्तिगत रुपमा केही मानिस बदलिने र समाजको हित भन्दा व्यक्तिगत स्वारथ र हितमा हुनेगरी अगाडि बढीरहेको छ।

२००७ बाट शुरुभएको व्यबस्था बदल्ने अभियान पटक पटक अबरुद्ध हुँदै अगाडि बढने क्रममा जब संघर्ष तिर्व हुँदै गयो तब सम्झौता मा टुगिएको कारणले नेपालमा सामाजिक व्यबस्थामा कुनै फेरवदल हुन नै सकेन।

राजनैतिक पार्टीहरुको दर्शन बिचार सिद्धान्त हुन्छ र आफू कुन दर्शन बिचार सिद्धान्त बोकेर समाज रुपान्तरणको अभियानमा लाग्ने हो तेहि अनुसार राजनैतिक संगठनमा मानिसहरु संगठित हुन्छन र त्यो संगठनको बिस्तार गर्दै संघर्ष र रुपान्तरण संगसंगै अघाडी बढाउदै जान्छन। जुन दर्शन बिचार सिद्धान्त समाजमा स्थापित हुन्छ त्यसैको आधारमा सामाजिक रुपान्तरण हुने हो।

२००७ बाट शुरुभएको व्यबस्था बदल्ने अभियान पटक पटक अबरुद्ध हुँदै अगाडि बढने क्रममा जब संघर्ष तिर्व हुँदै गयो तब सम्झौता मा टुगिएको कारणले नेपालमा सामाजिक व्यबस्थामा कुनै फेरवदल हुन नै सकेन।

त्यसैलाई माहान क्रान्ति भएको भनिए पनि राजनैतिक आन्दोलनमा लागेका केही टाठाबाठाहरुलाई निकै फलिफाप भएको मात्र हो । आम मानिसहरुको जीवनमा कुनै फेरवदल ल्याउन सकेन र ल्याउदैन पनि।

राजनैतिक संघर्ष र त्यसमा भएको क्रमिक सुधारलाई नै क्रान्ति भएको भनेर व्याख्या गरियो। २०६२/६३ मा भएको राजनैतिक संघर्ष सम्झौतामा टुगिएपछी सामाजिक व्यबस्थाको राजनैतिक प्रणालीमा परिवर्तन भयो त्यो भनेको पूँजीवादी सामाजिक व्यबस्थाको राजनैतिक प्रणाली विभिन्न क्षेत्र बाट प्रतिनिधि छान्ने प्रतिनिधित्व हुने संसदिय विधि हो त्यो स्थापित भयो । त्यसैलाई माहान क्रान्ति भएको भनिए पनि राजनैतिक आन्दोलनमा लागेका केही टाठाबाठाहरुलाई निकै फलिफाप भएको मात्र हो । आम मानिसहरुको जीवनमा कुनै फेरवदल ल्याउन सकेन र ल्याउदैन पनि।

१०वर्ष कठोर संघर्ष गरेर २०६२/ ६३ को जन बिद्रोहलाई निणायक बनाएको शक्ति जसले सामाजिक व्यबस्था पूँजीवादी सामाजिक ब्यबस्थालाई बिस्थापित गरि समाजवादी सामाजिक ब्यबस्था स्थापना गर्ने हो भनेर त्याग बलिदान सहितको कठोर संघर्ष गर्यो त्यो शक्ति र संगठन पूजीवादी सामाजिक व्यबस्थाको राजनैतिक प्रणाली मा सहभागी भएर समाजवादी सामाजिक व्यबस्था स्थापना गर्ने हावादारी कुरामा रमाउने ठाउँमा पुग्यो । आफ्नो शक्तिलाइ सम्पुर्ण रुपमा पूजीवादको प्रगतिशिल पक्षलाई पनि लिन नसक्ने र पूँजीवादको बिकृत कुरुप पक्ष मा आफुलाई समाहित गर्यो र अहिले व्यक्ति लाई शक्तिशाली बनाउने र समाजलाई कमजोर बनाउन कम्मर कसेर लागेको कारणले यो शक्ति बिगतको त्याग बलिदान र संघरषको बिरासतलाइ ध्वस्त पार्दै जसरि पनि एकथान पद हात पार्न सिद्धान्त बिचार दर्शा सबै बिषयलाइ रछ्यानमा पुयाएर आफ्नो व्यक्ति गत नाफाको लागि ज्यान छाडेर लाग्नु पर्ने ठाँउमा पुग्यो।

सधै संगठन संघर्ष र रुपान्तरण गर्नेहरलाई पन्छाएर जालझेल षड्यन्त्र गरि शक्ति हत्याउने र नाफा कमाउन सक्ने हरुलाइ पैसामा टिकट बिक्री गरेर राजनैतिक आन्दोलन लाई बिषाक्त पार्दै सामाजिक रुपान्तरण लाई भुत्ते पार्ने काममा सक्रिय भएको कारणले हो आफ्नै वलबुतामा भन्दा अरुको आड भरोषामा केहिथान पदको सुरक्षामा लाग्नु बाध्यता हुन पुग्यो ।

अहिलेको स्थानिय चुनावमा त आफ्नै संगठनका इमानदारीपूर्वक काम गर्ने संगठक र व्यक्तिहरु यिनिहरुलाई घाँडो भएका छन। सधै संगठन संघर्ष र रुपान्तरण गर्नेहरलाई पन्छाएर जालझेल षड्यन्त्र गरि शक्ति हत्याउने र नाफा कमाउन सक्ने हरुलाइ पैसामा टिकट बिक्री गरेर राजनैतिक आन्दोलन लाई बिषाक्त पार्दै सामाजिक रुपान्तरण लाई भुत्ते पार्ने काममा सक्रिय भएको कारणले हो आफ्नै वलबुतामा भन्दा अरुको आड भरोषामा केहिथान पदको सुरक्षामा लाग्नु बाध्यता हुन पुग्यो ।

नेपालको राजनितिक पार्टीहरुर नेतृत्व भन्नेहरुको चित्र फरक मात्र हो चरित्र एउटै भएका कारणले यिनीहरु अवको पुस्ताको नेतृत्व लिने र समाज बदल्ने काम हुन सक्दैन।
यी राजनैतिक दलहरु र यिनका क्रियाकलापले समाजमा कुनै भुमिका नभएका दर्शन बिचार सिद्धान्त भनेको केही थाहा नभएका लहैलहैमा लागेका समाजमा कुनै योगदान नगरेका ठगहरु ठग्न सकिन्छ कि भनेर च्याखे दाउमा बसेका छन ।यिनी र यस्ताहरुबाट त झन केहिकाम हुन नै सक्दैन।

You might also like
Comments
Loading...