एमाले निर्वाचनबाट डराउँदैनः विष्णु पौडेल
एमाले निर्वाचनबाट डराउँदैनः पौडेल
बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट डराएर नभाग्ने बताउनुभएको छ । उहाँले एमाले सधै जनताबाट अनुमोदित शासन व्यवस्थाको वकालत गर्ने पार्टी भएकोले निर्वाचनबाट नभाग्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले जनताको माझमा जान आफूहरु तयार रहेको बताउँदै तर यो प्रकारको निर्वाचनको तयारीले चुनावको वातावरण वन्न नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले देशलाई संवैधानिक प्रकृयामा ल्याउन प्रतिनिधि सभाको पुनस्र्थापना गर्ने र प्रतिनिधिसभामार्फत बन्ने नयाँ सरकारले निर्वाचन गराउनुपर्ने नेकपा एमालेको बटमलाईन हो भन्नुभयो ।
उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने एमालेको माग रहेको बताउँदै प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति पनि प्रधानमन्त्री र मन्त्री वन्न सक्ने प्रावधान ल्याई सोही सरकारले निर्वाचन गराउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले संसद पुनस्र्थापना गरी संविधान संशोधनमार्फत मात्रै निर्वाचनमा जानुपर्ने जिकिर गर्नुभयो ।
उहाँले संविधान बचाउने हो भने संसद पुनस्र्थापना गर्नुपर्ने तर्क राख्नुभयो । जेनजी युवा पुस्ताको माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुनस्र्थापना हुनुपर्ने उहाँको भनाइ छ ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी उहाँले भदौ २४ गते भएको आगजनी र विध्वंसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने बताउनुभयो ।
पौडेलले सुरक्षा निकायको मनोबल कमजोर भएको बताउँदै देशभर लुटिएका हतियार अझैपनि फिर्ता नभएकोले मुुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको टिप्पणी गर्नुभयो ।
काठमाडौंमा हुने एमालेको महाधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने पौडेलको भनाइ छ।
जेनजीहरुको भावनाको नेकपा एमालेले सम्मान गर्ने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले नयाँ निर्वाचनमार्फत गठन हुने सरकारले संविधान संशोधन गरि देशमा जेनजीहरुको माग र भावना बमोजिमको व्यवस्थामा जान सकिने धारणा राख्नुभयो ।
कार्यक्रम प्रेस चौतारी रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा भएको थियो ।
ताजा अपडेट
-
१.
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
-
२.
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
-
३.
वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
-
४.
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
४.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
५.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सम्बन्धित समाचार
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
काठमाडौं। सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक नियन्त्रणमा सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।...
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो व्यवस्था फेर्न बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न...
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा...
कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...




