प्रमुख खवर

अमेरिकी वैज्ञानिकद्वारा नयाँ प्रविधिको विकास : डीएनए परिवर्तन गरेर हृदयघात रोक्न सकिने !

पछिल्लो समयमा हृदयघातका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विश्वमा पछिल्लो समयमा बढी मानिसको मृत्युको प्रमुख कारण हृदयघात बन्दै गएको छ ।

हृदयघातको निराकरणका लागि अनेक प्रयास भइरहँदा पनि यसबाट बर्सेनि हजारौंको ज्यान गइरहेको छ । नेपालमा पनि हृदयघातको कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

बैज्ञानिकहरुले यसबाट बच्नका लागि अनेकौ खोज अनुसन्धान गरेपनि त्यति सफल हुन सकेको छैने । यद्पी बजारमा पाइने खोप र औषधिले कोलेस्ट्रोलको मात्रा घटाउने भए पनि हृदयघात हुनबाट भने बचाउन सकिएको छैन ।

डब्ल्युएचओका अनुसार सन् २०१९ मा मुटुसम्बन्धी रोगका कारण विश्वभर १ करोड ८ लाख जनाको मृत्यु भएको थियो । जसमा ८५ प्रतिशत मृत्युको कारण हृदयघात र स्ट्रोक रहेको थियो ।

यो एक आनुवांशिक रोग हो, जसको नाम हाइपरकोलेस्ट्रामिलिया हो । यसबाट विश्वमा वार्षिक ३ करोड १ लाख सर्वसाधारण प्रभावित भइरहेका छन् ।

त्यस्तै सर्वसाधारणलाई हृदयघातबाट बचाउन अमेरिकाको बायोटिक कम्पनी वर्व थेराप्युटिक्सले नयाँ प्रविधिको विकास गरेको छ ।

वर्व थेराप्युटिक्सका सीईओ डा. शेकर कथिरेसनले ब्लुमबर्गसँग गरेको कुराकानीमा मान्छेको ‘डीएनए’मा बद्लाव ल्याएर शरीरमा खराब कोलेस्ट्रोल जम्नबाट रोक्न सकिने बताएका छन् ।

यसैलाई उनले हृदयघातको स्थायी समाधान मानेका छन् ।वर्व थेराप्युटिक्सका अनुसार डीएनएमा परिवर्तन गर्ने प्रयास सुरुमा कोलेस्ट्रोलका कारण हृदयघात भइसकेकामा गरिने छ ।

यो विधि खराब कोलेस्ट्रोल रोक्न सफल भए अनुसन्धान तथा प्रयोगमा युवालाई सहभागी गराइने छ । ताकि उनीहरुलाई हृदयघात हुनुभन्दा पहिला नै बचाउन सकियोस् । तर यो काम कहिलेबाट हुन्छ यसबारे कम्पनी केही बोलेको छैन ।

डा। कथिरेसन हार्वड विश्वविद्यालयका प्रख्यात जेनेटिसिस्ट र कार्डियोलोजिस्ट हुन् । उनले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्ने जेनेटिक म्युटेसनको खोजी गरेका छन् ।

यसबाट हृदयघात हुने सम्भावना न्यून हुन्छ । उनी अहिले कोलेस्ट्रोल बढाउने तत्वका बारेमा खोजी गरिरहेका छन् ।अहिले वर्व थेराप्युटिक्स मान्छेको डीएनएका दुई जीनलाई लक्षित गरेर काम गरिरहेको छ ।

जसको नाम पीसीएसके-९ र एएनजीपीटीएल-३ रहेको छ । केही हृदयघातका बिरामीलाई एक मात्रै औषधिले काम गर्न सक्ने छ भने केहीलाई दुवैको आवश्यकता पर्न सक्नेछ ।

कम्पनी क्रिस्पर डीएनए एडिटिङ टुलको प्रयोग गरिरहेको छ । यसबाट वैज्ञानिकले मान्छेको जीन सिक्वेन्सलाई बदल्न सक्नेछन् ।

वर्व थेराप्युटिक्सले यो उपचारको प्रयोग बाँदरमा प्रयोग गरिसकेको छ । बाँदरमा डीएनए परिवर्तन गरेको दुई सातामा कोलेस्ट्रोलको स्तर ५९ प्रतिशतसम्म कम भएको भएको र ६ महिनासम्म यो कायम रहेको थियो ।

कम्पनीले केही महिनाभित्र मान्छेमा पनि यो ट्रायल सुरु गर्ने जनाएको छ । यद्यपि यसको प्रयोगमा वर्षौं लाग्न सक्छ ।स्वास्थ्य विज्ञ एलिजाबेथ म्याकनेलीले वर्व थेराप्युटिक्सले प्रयोग गर्न थालेको विधि एकदमै नयाँ भएकाले चिकित्सक तथा बिरामी यसको प्रयोग गर्न हिच्किचाउने बताएकी छन् ।

साथै, उनले यसको प्रयोग गर्दा डीएनएमा कुनै गडबडी हुन्छ कि भन्ने चिन्ता र भय हुन्ने जानकारी दिएकी छन् ।माइकल सरम्यान कम्पनीले औषधि बजारमा ल्याए पनि अहिले उपलब्ध औषधिको तुलनामा यो निकै महंगो हुने बताउँछन् ।

डीएनए बदल्ने यो उपचारको ५० हजार २ लाख डलरसम्म रहने विश्लेषण गरिएको छ । दैनिक भास्करबाट

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...