प्रमुख खवर

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

काठमाडौं । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ ।

एमालेबाट जिल्लाको देवघाट गाउँपालिका-१ मा मणिराज गुरुङ, बन्दीपुर-४ मा दानबहादुर थापा, भीमाद-२ दिनेश थापा, भीमाद-३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे -३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका- २ मा नरबहादुर थापा विजयी भएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसबाट ऋषिङ गाउँपालिका-२ मा दलबहादुर थापा, शुक्ला-१ मा रवीचन्द्र पौडेल र वडा नं २ मा सुमन राना, भीमाद नगरपालिका-१ मा दीपक आले तथा देवघाटमा मीनराज राना विजयी भएकोे नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जिल्लाको आँबुखैरेनी गाउँपालिका-१मा प्रेमबहादुर गुरुङ र ऋषिङ गाउँपालिका-१ मा कुशबहादुर थापा विजयी भएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।

ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो । तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका-८ मा भएको विवादका कारण मतगणना हुन सकेको छैन् ।

उक्त वडाका दुई मतदान केन्द्रमा पुनः जेठ ४ गते बिहान ७ बजेदेखि ५बजेसम्म मतदान गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...