समाचार

दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का पनि प्रहरीको नियन्त्रणमा

काठमाडौँ। नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।मंगलबार प्रसाईंलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

यी मध्ये ८ जनालाई छोडेर खड्कालाई भने हिरासतमै राखिएको थियो। उनीविरुद्ध अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रसाईंलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। उनीमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा जिल्ला प्रशासन काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलन अघि नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं।  सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक नियन्त्रणमा सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।...

वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ

वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ

काठमाडौं। वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार,...

खोटाङमा आफैलाई छुरा प्रहार गरेर पुरुष गम्भीर घाइते

खोटाङ । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार...

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

चितवन । बागलुङ नगरपालिका १, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान...