मुख्य समाचार

प्रत्यक्ष निर्वाचित प्रणाली चाहनेले चुनवाबाटै आउनुपर्छ: रक्षा बम

काठमाडौं। नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहनेहरूलाई घोषणापत्रमै उक्त एजेन्डा राखेर चुनावमा जान अनुरोध गर्नुभएको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी र संविधान संशोधन गर्नका लागि ड्राफ्ट बोकेर हिडेर नहुने बताउँदै उहाँले चुनावमा त्यसलाई एजेन्डा बनाएर जनतामा जान आग्रह गर्नुभएको हो।

‘हेक्का रहोस, देश भनेको जादुको छडीले चल्ने चीज होइन। देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ। उल्लिखित मुद्दाहरूको विषयमा व्यापक छलफल हुनु जरूरी छ,’ बमले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

संविधानको पुनरवलोकनको पक्षमा भए पनि त्यसका लागि जनादेश चाहिने उहाँको भनाइ छ। उहाँले संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्न खोज्नेहरूलाई होसियार हुन पनि चेतावनी दिनुभएको छ। देशलाई अनिश्चिततातर्फ धकेल्न खोजे आफूहरूले विरोध गर्ने उहाँले बताउनुभयो।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...