मेडिकल काउन्सिलले चिकित्सकलाई विज्ञापनमा फोटो प्रयोग नगर्न दियो चेतावनी
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले चिकित्सकहरूले विभिन्न कन्सल्टेन्सी तथा व्यापारिक संस्थाका व्यावसायिक प्रचार–प्रसारका सामग्रीमा आफ्नो नाम, फोटो र डिजिटल साइनबोर्ड, होर्डिङ बोर्ड तथा ब्रान्ड प्रमोशनको माध्यमबाट संलग्न भइरहेकोप्रति गम्भीर विषयप्रति ध्यानाकर्षण गराएको छ।
काउन्सिलले मंगलबार जारी गरेको सूचनामा यस प्रकारको गतिविधि Code of Ethics & Professional Conducts 2017 को प्रत्यक्ष उल्लङ्घन भएको स्पष्ट उल्लेख गरेको छ।
सो कोडको बुँदा नं. ५ए (5A) अनुसार, “कुनै पनि मेडिकल अभ्यासकर्ताले आफ्नो नाम कुनै पनि व्यापारिक साइनबोर्ड, सेवा प्रचार–प्रसार वा वस्तु–सामानको मार्केटिङमा देखिने गरी राख्न नहुने” व्यवस्था छ।
विज्ञप्तिमा भनिएको छ, “साइनबोर्ड वा अन्य कुनै पनि प्रचार सामग्रीमा चिकित्सकको नाम–पहिचान राखेर व्यापारिक फाइदा लिन खोजिने प्रवृत्ति चिकित्सकीय मर्यादा र व्यावसायिक आचरणविरुद्ध छ।”
एनएमसीले यस्तो कार्य नगर्न र गराएमा कोड अफ एथिक्सको बुँदा नं. 9 अनुसार “आवश्यक कारबाही तथा सजाय” हुने चेतावनी दिँदै सबै चिकित्सकलाई आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
एनएमसीका रजिष्ट्रार डा. सन्तोष कुमारदेवद्वारा हस्ताक्षरित सूचनाले सम्पूर्ण चिकित्सक समुदायलाई “व्यावसायिक मर्यादा, नैतिकता र जनता माझको विश्वास जोगाइ राख्न” पुनः ध्यानाकर्षण गराएको छ।

ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह
-
२.
मध्यरातबाट सुरुभयो मौनअवधि
-
३.
रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं
-
४.
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
-
५.
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...




