सङ्कटपछि पर्यटन क्षेत्रमा उत्साह बढेको छ : अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उत्साह बढेको बताउनु भएको छ । गोरखापत्र संस्थानको गोरखापत्र डिस्कोर्स उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस्तो बताउनु भएको हो ।
‘‘नेपालको इतिहासमा सर्वाधिक पर्यटक आगमन अक्टोबर २०२५ मा भएको छ । अंग्रेजी वर्षको अन्तिमा आइपुग्दा यो वर्षकै सबैभन्दा बढी पर्यटनको आगमन होला कि जस्तो भएको छ’’, अर्थमन्त्री खनालले भन्नु भयो, ‘‘यो तथ्याङ्क हेरेपछि नेपाल जुनसुकै सङ्कटबाट पनि पुनर्उत्थानमा चाँडै जान्छ भन्ने ठानेको छु ।’’
उहाँले गोरखापत्र संस्थानले आयोजना गरेको आर्थिक परिसंवादको कार्यक्रमले आगामी दिनमा लिनु पर्ने नीतिको खाका तयार हुने आशासमेत व्यक्त गर्नु भएको छ।
उहाँले सरकारको कच्चा पदार्थको आयातको तथ्याङ्कले उत्पादन बढेको र उपभोग्य वस्तुको आयतले उपभोग र आयात बढेको जानकारी गराउनु भयो । भदौ महिनामा थोरै ह्रास भए पनि असोज, कात्तिक र मङ्सिरमा आइपुग्दा कर र राजस्व वृद्धि भएको उहाँले प्रष्ट पार्नु भयो । उपभोग र उत्पादन एक हदसम्म बढ्दै गएको उहाँको विश्वास छ ।
उहाँले दुई दिन अगानी चिनियाँ लगानी कर्ताको सम्मेलनमा सहभागी भएको जानकारीसमेत गराउनु भयो । उहाँले अन्तरिम सरकारले गरेका सुधारको प्रशंसा गर्दै चिनियाँ लगानीकर्ता लगानी गर्न उत्साहित भएको बताउनु भयो ।
ताजा अपडेट
-
१.
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
-
२.
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
-
३.
वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
-
४.
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
४.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
५.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सम्बन्धित समाचार
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...
आज घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...
कति छ तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
असी प्रतिशतले घट्यो सुन कारोबार
काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...




