‘लेखनाथ महोत्सवमा दर्शकको उपस्थिति उत्साहजनक छ’

गोपीचन्द्र बास्तोला, द्वितीय उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ, प्रचार–प्रसार संयोजक, १७औं लेखनाथ महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको लेखनाथ महोत्सव फागुन २६ बाट सुरु भएको छ । महोत्सवको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उद्घाटनमा लेखनाथबासीको उपस्थिति प्रशंसनीय छ । महोत्सवको प्रचार–प्रसार राम्रो भएकाले र यहाँ क्रियाशील सबै संघसंस्थाको साथ रहेकाले सबैको प्रतिनिधित्व भएको छ । महिला तथा आमा समूह, सम्पूर्ण संघसंस्था, युवा क्लब लगायतको सक्रिय सहभागितामा झाँकी र्याली निकै आकर्षक बन्यो र उद्घाटन कार्यक्रमलाई भव्य बनाउन झाँकी र्यालीको योगदान राम्रो रह्यो ।

महोत्सव चैत ७ गतेसम्म चल्छ । उद्घाटनको दिनमा जस्तै महोत्सव अवधिभर दर्शकहरुको उपस्थिति उत्साहजनक रहनेमा हामी विश्वस्त छौं । महोत्सव स्थलमा आउने दर्शकको सुविधालाई हामीले विशेष ध्यान दिएका छौं । आउने दर्शकहरुलाई शुद्ध पिउने पानीको व्यवस्था गरेका छौं । टिकटमा आवश्यकता अनुसार माक्सको व्यवस्था पनि गरेका छौं । स्वास्थ्यप्रति सचेत छौं । संक्रामका तथा सरुवा रोग हस्पिटलको नेतृत्वमा सरकारी अस्पतालको स्टल राखिएको छ । जहाँ कोरोनाको खोप नलगाएकालाई खोपको व्यवस्था पनि गरेका छौं । बुस्टर डोजको पनि व्यवस्था छ ।

महोत्सवमा नेपाल टेलिकमले सिमकार्ड निःशुल्क वितरण गरेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवलाई अझै आकर्षित बनाएको छ । दर्शकको सुविधालाई मध्यनजर गर्दै टेन्टको व्यवस्था पनि गरेका छौं । वृद्ध वृद्धा र अपांगता भएका व्यक्तीहरुका लागि छुट्टै बस्ने ठाउँ व्यवस्था गरिएको छ । फ्रि वाइफाइको सुविधा पनि छ ।

महोत्सवलाई हामीले यस पटक यसअघिको भन्दा पृथक बनाउने प्रयास गरेका छौं । सधैं एउटै भन्दा पनि त्यसलाई पनि कसरी फरक, भव्य र सभ्य बनाउने भनेर हामी लागि परेका छौं ।

हामीले सम्पूर्ण राजनीतिक दल, संघसंस्था, युवा तथा महिला समूहसँग छलफल गरेर सबैलाई महोत्सवको अपनत्व दिलाएका छौं । महोत्सवलाई जाति तथा जनजातिहरुले पनि महोत्सव आफ्नै हो भन्ने सोंच्नु भएको छ । स्टेज कार्यक्रमदेखि स्टलसम्मलाई हामीले फरकपन दिने प्रयास गरेका छौं ।

लेखनाथ महोत्सवले उत्पादनदेखि लिएर उत्पादित सामग्रीको बजार प्रवद्र्धनसम्म सघाउँछ । हामीले स्थानीय उत्पादन र त्यसमा पनि कृषिसँग सम्बन्धित उत्पादित सामग्रीलाई विशेष गरेर प्राथमिकता दिएका छौं । हामीले उत्पादनमा पनि ध्यान दिएका छौं । त्यसका लागि हामीले विभिन्न समयमा सहयोग गर्दै आएका छौं । र बजारको ज्ञारेन्टी गरेर उत्पादनका लागि प्रोत्साहन पनि गरेका छौं ।

स्थानीय उत्पादनले बजार पाउने, बजार नपाउँदा ढुवानी गरेर लैजानुपर्ने सामग्री यहिं बेच्दा किसानले मूल्य पाउने, उपभोक्ताले खरिद गर्दा बिचौलिया नहुने भएको उचित मूल्यमा सामान पाउने भएकाले उत्पादक र उपभोक्ता दुबैलाई महोत्सवले फाइदा पुगेको छ । यसले गर्दा ब्यबसायीकरणमापनि सघाएको छ । अनि स्थानिय उत्पादनले पनि बजार पाएको छ ।

महोत्सवले आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । स्वदेशी उत्पादनका साथै विदेशी उत्पादन पनि महोत्सवमा रहन्छन् जसले आर्थिक गतिविधीलाई चलायमान बनाउँछन् ।

कुराकानीमा आधारित

You might also like
Comments
Loading...