मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च हुने : अमेरिकी अध्ययन

काठमाडौं । अमेरिकी जर्नल अफ किड्नी डिजिजको एक नयाँ अनुसन्धानले मिर्गौला प्रत्यारोपन गरेका व्यक्तिहरुलाई क्यान्सरको जोखिम उच्च हुने खुलासा गरेको छ ।

हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा अनुसन्धानले खुलासा गरेको हो ।

अमेरिकी जर्नल अफ किड्नी डिजिजमा हालै प्रकाशित सो अध्ययनले सीकेडीको प्रभावबारे कम थाहा भएको विषयलाई खुलासा गरेको छ ।

अध्ययन लेखकहरूका अनुसार ह्दयसम्बन्धी रोगलाई परम्परागत रूपमा किड्नी रोगको जोखिमसँग जोडेर हेरे पनि क्यान्सरबारे भने खासै उल्लेख गरिएको थिएन ।

कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ ।

टोरन्टो विश्वविद्यालयका नेफ्रोलोजिस्ट तथा अध्ययनका प्रमुख लेखक अभिजात किचलुले भने, किड्नी रोगका ठूलो संख्याका बिरामीमा क्यान्सर मात्र देखिएको छैन्, उनीहरूमा क्यान्सको नराम्रो परिणाम देखिएको छ’,

उनले बारम्बार निदानबाहेक मृगौलाा विरामीहरुलले सामान्य मृगौला भएका मानिसहरुको तुलनामा नराम्रो प्रतिक्रिया देखाएको बताए । एजेन्सी

You might also like
Comments
Loading...