चट्टान आरोहण तालिम सिकाउँदै विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना

साहसिक खेलको माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने लक्ष्यसहित तालिम आयोजना

काठमाडौं । याम बहादुर (कमल) फाएडेशन इलामको आयोजनामा इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भएको हो । साहसिक खेलको माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको बताइएको छ ।

विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सहभागीलाई प्रशिक्षण दिइरहेकी छन् । त्यस्तै अन्य प्रशिक्षकमा मनिषा बुढामगर र सुसान्त ढुंगेल छन् । तालिमलाई इलाम नगरपालिकाले सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागिता भएका छन् ।

एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।

तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ ।

पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्येको एक हो इलाम नगरपालिका । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व छ ।

You might also like
Comments
Loading...