प्रमुख खवर

चाँगुनारायणले नगरवासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने

काठमाडौं ।  चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ ।

नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो ।

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको जानकारी दिँदै नगर प्रमुख खत्रीले रक्तदातालाई प्रोत्साहन गर्न नगरपालिकाले रक्तदातालाई दिँदै आएको रु ५० लाई वृद्धि गरी १०० रुपैयाँ दिने निर्णयसमेत गरेको जानकारी दिए ।

त्यस्तै नगरपालिकामा राजस्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएकोे छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...