प्रमुख खवर

नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दो

काठमाडौं । पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ ।

यहाँस्थित सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालमा पनि बिरामीको चाप हुने गर्दछ । बिरामीको चाप बढ्दो रहेकाले रगतको माग पनि बढ्दै गएको नेपालगञ्जस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले हाल मासिक करिब एक हजार पिन्टको हाराहारीमा रगतको आपूर्ति गर्दै आएको छ ।

केन्द्रले नेपालगञ्ज र कोहलपुरबाट सेवा दिइरहेको छ । क्यान्सर अस्पतालमा बिरामी आउने क्रम बढेपछि खजुरामा पनि रक्त सञ्चार केन्द्रको माग भइरहेको छ ।

बाँकेमा बेलाबेला रगत अभाव पनि हुने गर्दछ । अभावका बेला संघसंस्थामा सम्पर्क गरेर रक्तदानका लागि आग्रह गर्दै आइरहेको जानकारी दिँदै रेग्मीले बाँकेमा पछिल्लो समय व्यक्तिगत र संस्थागतरूपमा रक्तदान गर्नेहरूको संख्या उल्लेख्य रहेको बताए ।

विसं २०३३ मा सात युनिट रगत संकलन तथा आपूर्ति गर्दै सेवा सुरु गरेको रक्तसञ्चार केन्द्रबाट हाल वार्षिक १३ हजार पिन्ट रगत आपूर्ति भइरहेको सोसाइटीका वरिष्ठ कार्यक्रम प्रबन्धक दोलख डाँगीले जानकारी दिए ।

उनका अनुसार रक्त सञ्चार केन्द्र नेपालगञ्जमा संस्थागत र व्यक्तिगत गरी करिब आठ हजार स्वयंसेवी रक्तदाता आवद्ध रहेका छन् । रगतको माग र आपूर्ति दुवै बढेको छ । माग धान्नका लागि अब बजार क्षेत्रमात्र नभई गाउँ–गाउँमा रक्तदानका लागि अभिप्रेरित गर्नुपर्ने अवस्था आएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...