बाँकेमा सिकलसेलका बिरामी बढ्दै
काठमाडौं । पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको संख्यामा बृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ ।
यस्ता बिरामीलाई १ लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन् ।
अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले प्रतिदिन सरदर २०० सिकलसेलका बिरामी उपचारका लागि आएको जानकारी दिँदै रोग पहिचानका लागि थारू समुदायका बस्तीमा स्वास्थ्य कार्यालयमार्फत शिविरसमेत सञ्चालन गरिएको बताए ।
उनले सिकलसेलसँगै थालसेमिया रोगसमेत देखिएको उल्लेख गर्दै शिविरमार्फत सिकलसेलको स्क्रिनिङ परीक्षणपछि थप बिरामीको भेरी अस्पतालमा रहेको ‘एचबी एलेक्ट्रो फोरोसिस’ मेशिनबाट सिकलसेल रोग निश्चित गरेपछि मात्रै सरकारले उपचार गर्ने जानकारी दिए ।
उनले सिकलसेल र थालसेमिया दुवै रोग रगतसँग सम्बन्धित रोग भएको बताए ।जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ती समुदायमा सिकलसेलका बिरामी देखिएका छन् ।
राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै १५० जनाको परीक्षण गर्दा २१ लाई सिकलसेल पुष्टि भएको छ ।स्वास्थ्य कार्यालयले दश दिनदेखि यस क्षेत्रमा सिकलसेल तथा थाल सेमिया रोगको परीक्षण गरी जाँच गरिरहेको छ ।
सो अवधिमा चार सय जनाको परीक्षण गरिसकेको ती मध्येमा ३१ प्रतिशतलाई सो रोग देखा परेको छ । कार्यालयका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकलसेल तथा थालसेमिया भन्ने लुकेका बिरामी धेरै हुन सक्ने जानकारी दिए ।
कोहलपुरमा नगरपालिका आफैँले सिकलसेल जाँच गरेको छ । नगरपालिकाले नौ हजार मानिसको परीक्षण गर्दा सात सयमा सो रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




