ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ ।
आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए ।
“हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्”, उनले भने , “आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ ।”
अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ चिकित्सक छन् । ती चिकित्सकलाई पालैपिलो ड्युटीको समय मिलाइनेछ । यस्तै उक्त सेन्टरले अब आफै बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्ने भएको छ ।
यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आइएकामा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले बताए ।
उनका अनुसार सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ । यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ ।
शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र फार्मेसी सञ्चालन गर्न थालेको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा जोशीले जानकारी दिए । डा जोशी हालै ट्रमा सेन्टरबाट धनगढीस्थित गेटा मेडिकल कलेजमा निर्देशकरुपमा सरुवा भएका थिए ।
‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा
यस्तै सेन्टरले ‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा पनि सुरुआत गरेको छ । दाँतको माथिल्लो र तल्लो भागको शल्यक्रिया गरेर उपचार गर्नका लागि यस्तो सुरु गरिएको उनले जानकारी दिए ।
दाँतमा धेरैजसो अग्लो ठाउँबाट खसेर यस्तो समस्या आउने गर्दछ । उक्त सेवाका लागि दुई विशेषज्ञ दन्त चिकित्सकको टोली रहेको छ ।
यसैगरी अस्पतालले ‘वन स्टेप क्राइसिस म्यानेजमेन्ट’ सेवा पनि सुरु गरेको छ । बिरामीको उपचारदेखि पुनःस्थापनासम्मका लागि सेन्टरले उक्त सेवा सुरु गरेको हो ।
विसं २०७१ देखि सञ्चालनमा आएको ट्रमा सेन्टरमा दैनिक ४५० बिरामी उपचारका लागि आउने गर्दछन् । घाइतेको उपचार गर्नका लागि स्थापना गरिएको सेन्टरमा २०० शय्या, ११ सघन उपचार कक्ष (आइसियु), ३२ आकस्मिक शय्या रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




