प्रमुख खवर

स्थायी बन्ध्याकरण गराउनेमा पुरुष न्यून

काठमाडौं । झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ ।

जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको संख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिए ।

चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको संख्या ६८४ (मिनिल्याप) र पुरुषको संख्या (भ्यासेक्टोमी) रहेको छ । धेरै भ्रम रहेकाले पुरुषहरुले बन्ध्याकरण गराउन चाहदैनन् ।

स्थायी बन्ध्याकरण गराउनेमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिला छन् । सहरी क्षेत्रमा महिला भन्दा पनि पुरुषले ‘लुकिछिपी’ स्थायी वन्ध्याकरण गराउने गरेको उनको भनाइ छ ।

यो वर्ष जिल्लाका नौ स्थानमा मोबाइल क्याम्प गरिएको छ । यस्तै, झापामा प्रसूतिपछिको स्थायी बन्ध्याकरणसमेत हुने गरेको छ । यसपछि बच्चा जन्माउन नचाहनेलाई सोही समयमा स्थायी बध्याकरणको सेवासमेत प्रदान गरिँदै आएको अधिकृत भट्टराई बताए ।

झापामा आम्दा अस्पताल, लाइफ लाइन, ओम मेची इन्टनेशनल, बीएण्डसी अस्पताल, ओमसाई पाथीभरा लगायतका अस्पतालले प्रसूतिपछिको बन्ध्याकरण सेवा दिँदै आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

ती अस्पताललाई डेलिभरीपछिको बन्ध्याकरण सेवा उपलब्ध गराएबापत स्वास्थ्य कार्यालय झापाले तथ्यांको आधारमा रकम पनि दिने गरेको छ ।

बन्ध्याकरण सेवा लिने सेवाग्राहीलाई जनही रू २५० खाजा खर्च, सामान्य औषधि र भिटामिन दिने गरिएको छ । लाभग्राहीलाई घरबाट ल्याएर सेवा लिएपछि घरमै पु¥याउने व्यवस्था भने कार्यालयले आफैँले गर्ने गरेको छ । चालु आर्थिक वर्षमा झापामा परिवार नियोजन अन्तर्गत आएको रू ३४ लाख हजार ४० मध्ये रू सात लाख फ्रिज भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...