प्रमुख खवर

सुर्खेतका जम्मा २६ प्रतिशत उम्मेदवारले मात्र बुझाए चुनावी खर्च

सुर्खेत । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिने सुर्खेतका २६ प्रतिशत उम्मेदवारले मात्र चुनावी खर्च बुझाएका छन् । स्थानीय तहको चुनावमा भाग लिएका यहाँका नौ स्थानीय तहका कूल दुई हजार ८४ जना उम्मेदवारमध्ये २६ प्रतिशतले मात्र चुनावी खर्च बुझाएका हुन् ।

दुई हजार ८४ मध्ये चुनावी खर्च बुझाउने ५५२ जना उम्मेदवार रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरूलाई ताकेता गरेका थियौँ तर पनि निर्धारित मितिसम्म मात्र २६ प्रतिशत उम्मेदवारहरूले चुनावी खर्च बुझाएका छन् ।’

स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । सूचना अधिकारी रेग्मीका अनुसार सुर्खेतमा हालसम्म गाउँपालिकामा क्रमशः चौकुनेबाट २०, चिङ्गाडबाट ३३, सिम्ताबाट ३६, बराहतालबाट ९९ जना उम्मेदवारले चुनाव खर्च बुझाएका छन् ।

त्यस्तै नगरपालिकाहरूमा क्रमशः गुर्भाकोटबाट १२, भेरीगङ्गाबाट ५७, पञ्चपुरीबाट ६६, वीरेन्द्रनगरबाट ११२ र लेकबेँसीबाट ११६ उम्मेदवारले निर्वाचन खर्च प्रदेश निर्वाचन कार्यालयमा बुझाएका छन् ।

जिल्ला समन्वय समिति सुर्खेतको एक जना उम्मेदवारले चुनाव खर्च बुझाएको उनले बताए। कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले चुनाव खर्च बुझाउने ५५२ र नबुझाउने एक हजार ५३२ उम्मेदवारको विवरणसहित आयोगमा सिफारिस गरेर पठाइने बताएका छन् ।

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...