मङ्कीपक्सबाट बच्न बिफरको खोप
टोकियो । जापानले मङ्कीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मङ्कीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिफरको खोप मङ्कीपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । गत महिनाको अन्त्यमा दुईजना आफ्ना नागरिक उक्त रोगबाट पीडित भएपछि सरकारले उक्त खोप प्रयोगको स्वीकृति दिएको हो ।
स्वास्थ्यकर्मी, प्रयोगशालाका कर्मचारी र स्वास्थ्य केन्द्रका कर्मचारीलाई खोप उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा निर्णय भइनसकेको उक्त मन्त्रालयले बताएको छ । देशमा विफरविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको पनि उक्त मन्त्रालयले जनाएको छ ।
गत महिना विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आधिकारिकरूपमा मङ्कीपक्सलाई अन्तरराष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । रासस/सिन्ह्वा
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




