हङ्कङको क्याथे प्यासिफिक एयरवेजले हङ्कङ-काठमाडौं उडान भर्ने
काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं-हङ्कङ उडान भर्ने भएको छ ।
एयरवेजले असोज १५ ९अक्टोबर १ तारिख० देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ ।
एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए। उनले भने, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी ९प्राधिकरण०ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन ।”
क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङ्कङ–काठमाडौं–हङ्कङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङ्कङको ड्र्यागन एयरलाइन्सअन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हङ्कङ–काठमाडौं गन्तव्यमा नियमति उडान भर्दै आएको थियो ।
हङ्कङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो । क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङ्कङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।
अहिले काठमाडौं–हङ्कङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ। नेपालीको बाहुल्यता रहेको हङ्कङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ। काठमाडौँबाट हङ्कङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ ।
हाल क्याथेले हङ्कङ–काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय उडानमा २७ एयरलाइन्स
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित हाल २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित २१ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान भर्दैआएका छन् ।
आगामी असोज १५ देखि क्याथे प्यासिफिकले पनि सिधा उडान भर्ने भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको सङ्ख्या २७ पुग्नेछ । त्रिभुवन विमानस्थलमा कोभिड-१९ महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ।
यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हालसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ ।पछिल्लो पटक नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...




