यसपटक गठबन्धन हुँदैहुँदैन : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि किसिमको समीकरण वा तालमेलको पक्षमा नभएको जनाउनुभएको छ।
बुधबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस पटक आफ्नै खुट्टामा उभिएर संसद्मा पुग्नुपर्ने बताउनुभयो। कतिपय दल र नेताले तालमेल वा समीकरणको हल्ला फैलाउनेतर्फ सचेत हुने पनि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
‘अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समिकरण वा तालमेल गर्ने पक्षमा छैनौँ। आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसद्मा ठूलो पार्टी बन्न चाहन्छौँ,’ प्रचण्डले भन्नुभयो।
त्यस्तै, उहाँले तोकिएको मितिमै निर्वाचन हुने भएकाले प्रचारप्रसारमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो।
‘जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुनलागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकता तथा शुभेच्छुक आआफ्नो ठाउँबाट खटिन आवश्यक छ,’ प्रचण्डले भने, ‘आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस्।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...
रास्वपा नेता प्रहरी नियन्त्रणमा
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ पर्नुभएको छ। बाणगंगा नगरपालिका ८ धनेषपुरका...
नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने पार्टी हाम्रो हो: कुलमान घिसिङ
दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताउनुभएको छ...
विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता
काठमाडौँ। नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य वाधक बनेको छ । समयमै काम सम्पन्न भएको भए यतिबेला...




