वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
काठमाडौं। वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका-१० घडिअर्वाका ४६ वर्षीय प्रमोदकुमार कानू, वीरगञ्ज-१ छप्कैयाका ३८ वर्षीय दीपराज सहनी मलाह, वीरगञ्ज-१० का २० वर्षीय कुन्जन सर्राफ, भारतको बिहारस्थित रक्सौलका ४० वर्षीय प्रभु महतो, भारतकै भागलपुर पोडियाका ३५ वर्षीय पृतमकुमार चौधरी र पर्साको विन्दवासिनी गाउँपालिका-५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साहलाई पक्राउ गरिएको छ।
उनीहरूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले बताउनुभयो। उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको डीएसपी बस्नेतले जानकारी दिनुभयो।
गत माघ २६ गते वीरगञ्ज-१० आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको थियो। संयुक्त टोलीले छापा हान्दा उनीहरूले ढुंगामुडा गरेका थिए।
ढुंगामुडाबाट सशस्त्र प्रहरी घाइते भएका थिए। त्यस्तै, सशस्त्र प्रहरीको गाडी पनि तोडफोड गरिएको थियो।
सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। यसमा संलग्न थप व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ताजा अपडेट
-
१.
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
-
२.
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
-
३.
वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
-
४.
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
४.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
५.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सम्बन्धित समाचार
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको...
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...




