दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले यसलाई देशले सामना गरिरहेको सबैभन्दा गम्भीर खतराको रूपमा वर्णन गर्नुभयो । केप टाउन सिटी हलमा संसदका दुवै सदनको संयुक्त बैठकमा ‘स्टेट अफ द नेसन’ (राष्ट्रका नाममा सम्बोधन) प्रश्तुत गर्ने क्रममा उहाँले सो घोषणा गर्नुभयो ।
उहाँले यस वर्ष सरकारको मुख्य प्राथमिकता प्रविधि, गुप्तचरी र एकीकृत कानून कार्यान्वयनका माध्यमबाट संगठित अपराध र आपराधिक गिरोहहरू विरुद्धको लडाइँलाई तिब्र्रता दिने रहेको कुरामा जोड दिनुभयो ।
अपराधको मूल्य गुमेको ज्यान र अन्धकार भविष्यका रूपमा चुकाउनु परिरहेको भन्दै उहाँले प्रहरीलाई सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बल परिचालन गर्न लागेको बताउनुभयो।
राष्ट्रपतिले वेस्टर्न केप र गौतेङमा गिरोह हिंसा र अवैध उत्खननको समस्या समाधान गर्न आगामी केही दिनभित्र सुरक्षा बल परिचालन गरिने र यसका लागि रणनीतिक योजना तयार गर्न प्रहरी मन्त्री र रक्षा बललाई निर्देशन दिएको जानकारी दिनुभयो।
उहाँले यस वर्ष थप ५ हजार ५ सय प्रहरी अधिकारीहरू भर्ना गरिने, हतियार सम्बन्धी कानून कडा बनाइने र देशभरका आपराधिक गिरोहहरूलाई लक्षित गरी गुप्तचरी र बहु–विषय टोलीहरू परिचालन गरिने पनि बताउनु भयो ।
ताजा अपडेट
-
१.
आयरल्यान्डसँग ओमान पराजित
-
२.
चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना
-
३.
मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
-
४.
भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
-
५.
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । यो...
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
काठमाडौँ। नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गर्नुभएको छ ।...
बंगलादेशमा फेब्रुअरी १९ अघि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी
बंगलादेशमा सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी ९बीएनपी० ले संसदको २९९ सिटमध्ये २०९ सिटमा जित...
नेपालमा नियन्त्रित अस्थिरताको राजनीति
हामी बस्ने यो समाज, वा भनौँ हाम्रो वर्तमान ‘वास्तविकता’, जसलाई हामीले दैनिक जीवनमा अनुभव गर्छौं, त्यसको सतहमुनि एउटा गहिरो...




