अन्तर्राष्ट्रिय

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ । अधिकारीहरूकाअनुसार २०२३–२४ को घरायसी उपभोग खर्च सर्वेक्षणको प्रयोग गर्दै आधार वर्षलाई २०१२ बाट परिवर्तन गरेर २०२४ कायम गरिएको हो ।

तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयले मुद्रास्फीति मापनको दायरा र प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन २०२४ को आधार वर्ष सहितको उपभोक्ता मूल्य सूचकाङ्क जारी गरेको जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार, जनवरी २०२६ मा सीपीआईमा आधारित मुद्रास्फीति २।७५ प्रतिशत रहेको छ ।

यस अवधिमा ग्रामीण र सहरी क्षेत्रको मुद्रास्फीति दर क्रमशः २।७३ प्रतिशत र २।७७ प्रतिशत रहेको छ भने नयाँ श्रृंखलाअनुसार खाद्य मुद्रास्फीति २।१३ प्रतिशत पुगेको छ । मूल्य सम्बन्धी तथ्याङ्क संकलनका लागि फिल्ड कर्मचारीहरूले सबै राज्यका १ हजार ४ सय ७ शहरी बजारहरू र १ हजार ४ सय ६५ गाउँहरूको स्थलगत भ्रमण गरेका थिए ।

सम्बन्धित समाचार

मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा ‘जुद’/मशगम भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ...

भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत

भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत

भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७...

जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण

जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण

जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले...