भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । यो केवल एउटा पर्यटकीय गन्तव्य मात्र होइन, यो त एउटा जीवित सङ्ग्रहालय हो, जहाँ नेवारी वास्तुकला र पहाडी शुन्यताले एकअर्कालाई अङ्गालेका छन् । १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको यो विशेष अवसरमा बन्दिपुरको हावामा एउटा छुट्टै प्रेमिल सुगन्ध छ । यहाँको प्रेम केवल जोडीहरूमा मात्र सिमित छैनस यो यहाँका वृद्धवृद्धाको श्रद्धामा, बालबालिकाको मुस्कानमा, कलात्मक झ्यालका बुट्टाहरूमा र पुस्तौनी संस्कारमा पनि झल्किन्छ । परम्परागत हाकुपटासी र दौरा–सुरुवालमा सजिएका यी जोडीलाई हेर्दा लाग्छ, आधुनिक प्रेमले आफ्नो जरा फेरि एकपटक बन्दिपुरको पुरानो बजारमा गाडेको छ । ढुङ्गाको बाटोमा ठोक्किएका पदचापहरूले एउटै लय गुन गुनाइरहेछन् । माया भनेको केवल युवावस्थाको चञ्चलता मात्र कहाँ हो र रु उमेरको उत्तराद्र्धमा पनि हात समातेर थानीमाईको मन्दिरतिर लाग्नु नै त वास्तविक प्रेम हो । जहाँ खुट्टा थकित भएपनि एउटाको साथले अर्कोको यात्रा सहज बनाउँछ ।
बन्दिपुरको टुँडिखेलमा जब मादल र बाँसुरीको धुन गुञ्जिन्छ, तब परम्पराले नृत्य गर्न थाल्छ । यो केवल नाच होइन यो त आफ्नो माटो र संस्कृतिप्रतिको अगाध प्रेमको उत्सव हो । प्रेमका अनेकौँ रङ हुन्छन् । कसैलाई अबिरको रातोले छोप्छ त कसैलाई मुस्कानको उज्यालोले । बन्दिपुरको यो गल्लीमा आज खुशी र सामीप्यताको रङ पोखिएको छ । यी ढुङ्गा छापिएका गल्लीहरू केवल बाटो मात्र होइनन् यी त हजारौँ संवादका साक्षी हुन् । यहाँ गरिने स–साना भलाकुसारीमा एउटा छुट्टै आत्मीयता र भरोसा लुकेको हुन्छ । काठका कलात्मक बार्दलीहरू, जहाँबाट कहिले कसैको बाटो हेरिन्छ त कहिले गाउँको सुनसान साँझलाई महशुस गरिन्छ । यो बार्दलीले कति वटा प्रेमका प्रतीक्षा र मिलनलाई देखेको होला रु तलतिर कुहिरोले ढाकेको उपत्यका, माथि चाँदी झैँ टल्कने हिमाल । प्रकृति र मानिसको यो प्रेमिल संगम बन्दिपुरको पहिचान हो । यहाँको हरेक मोडले नयाँ उमङ्गको कथा भन्छ ।
बालबालिकाको यो निःस्वार्थ मुस्कानमा बन्दिपुरको भविष्य मुस्कुराइरहेको छ । उनीहरूको आँखामा रहेको यो निर्दोष प्रेम नै भोलिको संस्कृतिको आधार हो न भाषाको पर्खाल, न भूगोलको सीमा । बन्दिपुरको आतिथ्यले अपरिचितलाई पनि आफ्नै बनाइदिन्छ । यहाँ आएका पर्यटक र स्थानीयबीचको यो सद्भाव नै पर्यटनको वास्तविक सौन्दर्य हो । बन्दिपुरका घरका हरेक काठका बुट्टाहरूमा एउटा कलाकारको समर्पण र प्रेम कोरिएको छ । ती कलात्मक झ्यालहरूले केवल हावा मात्र छिराउँदैनन्, इतिहासका कथा पनि सुनाउँछन् । जब सूर्य अस्ताउँछ, बन्दिपुर एउटा छुट्टै जादुमयी सुनौलो रङमा रंगिन्छ । यो साँझले बितेका सम्झनाहरूलाई ताजा बनाउँदै नयाँ सपनाको ढोका खोलिदिन्छ ।
हातका ठेलाहरू र चाउरी परेका गालाहरूमा आफ्नो संस्कार जोगाउने दृढता छ । पुस्तौनी पेसालाई निरन्तरता दिनु पनि त आफ्नो पुर्खाप्रतिको प्रेम हो । टुँडिखेलको खुल्ला चौरमा बसेर घाम ताप्दै गरिने गफगाफले एक्लोपनलाई भगाइदिन्छ । यहाँको सामुदायिक एकता नै बन्दिपुरको बलियो शक्ति हो । एउटै छानोमुनि हाँसखेल गर्ने यो परिवार, जहाँ एकता र सम्मानको जगमा प्रेम अडिएको छ । बन्दिपुरका घरहरू केवल इँटा र माटोले बनेका छैनन्, यी त माया र विश्वासले बनेका छन् । भ्यालेन्टाइन डेको यो विशेष दिनमा पुरानो शहरको आधुनिक रूप । रातो गुलाव र प्रेमका कोसेलीहरूले बन्दिपुरको बजारलाई थप प्रेमिल बनाएका छन् । आखिर प्रेम त सार्वभौम छ, चाहे त्यो हिजोको होस् या आजको । बन्दिपुर केवल एउटा भूगोल होइन, यो त प्रेम महशुस गर्ने एउटा माध्यम हो । यहाँको ढुङ्गा–ढुङ्गामा इतिहास मुस्कुराउँछ र हावामा संस्कृतिको सुवास आउँछ । यो भ्यालेन्टाइन डेमा, हामी केवल व्यक्तिलाई मात्र होइन, हाम्रो परम्परा, प्रकृति र यो सुन्दर धर्तीलाई पनि माया गर्न सिकौँ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका यि तस्बिरहरु ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
यस्ता छन् राप्रपाका संकल्पत्रका मुख्य प्रावधानहरू
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाको केन्द्रीय कार्यालयमा...
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
काठमाडौँ। नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गर्नुभएको छ ।...
दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले...
बंगलादेशमा फेब्रुअरी १९ अघि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी
बंगलादेशमा सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी ९बीएनपी० ले संसदको २९९ सिटमध्ये २०९ सिटमा जित...




