मुख्य समाचार

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारी अनुमति नलिए जफत गरिने

काठमाडौँ। सरकारले पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण गर्नका लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिविना पात्रो तथा क्यालेण्डर प्रकाशन र वितरण गर्न नपाइने जानकारी गराएको हो।

समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीकाअनुसार गठन आदेश २०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका–२०७९ बमोजिम व्यक्ति, संघ–संस्था, प्रकाशक तथा वितरकले पात्रो (पात्रो÷पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएअनुसार सो व्यवस्था गरिएको जानकारी दिनुभयो।

उहाँले बजारमा आउने कतिपय पात्रो तथा क्यालेण्डरमा तिथि, मिति, सार्वजनिक बिदा लगायतका विवरणमा त्रुटि भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको भन्दै त्यसतर्फ समेत सरोकारवालाको ध्यानाकर्षण गराएको हो। पूर्वस्वीकृति लिए नलिएकोबारे अनुगमन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको भनाइ छ।

उक्त समितिलाई स्वीकृतिबिना प्रकाशित सामग्री जफत गर्न तथा आवश्यक कारबाही सिफारिस गर्ने अधिकार दिइएको कार्यकारी निर्देशकले पन्थीले जानकारी दिनुभयो।

उहाँले भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिन सरोकारवाला सबैलाई निर्देशन दिँदै उक्त निर्देशन कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयहरूसँग सहयोगको अपेक्षा समेत गरेको छ।

सम्बन्धित समाचार

उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

सिरहा। यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ।...

मच्छिन्द्रले चुम्यो सातौँ झापा गोल्डकपको उपाधि

मच्छिन्द्रले चुम्यो सातौँ झापा गोल्डकपको उपाधि

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको...

आँधी खोलामा छाडिए १२ हजार भुरा माछा

आँधी खोलामा छाडिए १२ हजार भुरा माछा

पुतलीबजार । स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधी खोलामा १२ हजार भुरा माछा छाडिएको छ । नदीमा बढ्दो प्रदूषण, अवैध...

देशभक्त समाजद्वारा देशव्यापी आन्दोलनको घोषणा

देशभक्त समाजद्वारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । देशको राजनीतिक निकास तथा हिन्दू धर्म–संस्कार र संस्कृतिको संरक्षणका मागसहित देशभक्त समाजले देशव्यापी आन्दोलनको घोषणा गरेको छ।...