लायन्स क्लव अफ काठमाडौं देउराली दियालोद्वारा निःशुल्क स्वास्थ्य शिविर

पर्वत । लायन्स क्लव अफ काठमाडौं देउराली दियालोले पर्वत र बागलुङ जिल्लालाई लक्षित गरेर फलेवास नगरपालिका-५ खानीगाउँमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

गएको शनिवार सम्पन्न सो निःशुल्क शिविरमा १ हजार दुई सय ५० जना भन्दा बढी सर्वसाधारणले विविध स्वास्थ्य सेवा लिएका थिए ।

दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिए ।

उनले सबै खालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको जानकारी दिए । उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका विपन्न नागरिकलाई सेवा दिने उद्देश्यले सो स्वास्थ्य शिविर चलाइएको संयोजक सापकोटाले बताए ।

You might also like
Comments
Loading...