रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी दिनुभएको छ।
बुधवार एक स्ट्याटस लेख्दै लामिछानेले आफ्नो पेजमाथि पटक–पटक साइबर हमला (ह्याक) को प्रयास भएको तर अन्ततः त्यसलाई विफल पार्दै पेज फिर्ता ल्याउन सफल भएको बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल मार्फत नै भन्नुभयो, `पटक पटक ह्याक गर्ने प्रयास भएतापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु।चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु। सबैलाई धन्यवाद।
केही दिनअघि उहाँको फेसबुक पेजमा अनधिकृत पहुँच पुर्याउने प्रयास भएको बुझिएको छ । तर, लामिछानेले अहिले पेज पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पार्नुुुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...




