मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:

शाहरुख खानका छोराले पाए सफाइ

शाहरुख खानका छोराले पाए सफाइ

  • खबर सेवा

  • शुक्रबार, जेष्ठ १३, २०७९

  • 28
    SHARES
शाहरुख खानका छोराले पाए सफाइ

काठमाडौं । लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ ।

गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।

सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो ।

यसैबीच, विभागले अन्य आरोपीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology