आइतवार, बैशाख २८, २०८२
English
Follow us:

वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

  • खबर सेवा

  • बिहिबार, जेष्ठ १९, २०७९

  • 39
    SHARES

facebook

काठमाडौं । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।
राप्रपाका युवाहरुले वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ ।

यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology