प्रमुख खवर

‘नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था लैंगिक समानता सम्बोधन गर्न कमजोर’

काठमाडौं । नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था आफ्ना नीति तथा कार्यक्रममा लैंगिक समानतालाई सम्बोधन गर्न पछाडि परेको एक अध्ययनले देखाएको छ ।

महिलाका अधिकार संरक्षण गर्ने गरी जारी भएको नेपालको संविधान तथा विद्यमान कानुनका बाबजुद सो अध्ययनले यस्ता संस्थाले लैङ्गिक समानताका लागि सहयोग पुर्‍याउने नीति तथा अभ्यासको पारदर्शिता र उपलब्धता अपर्याप्तसमेत भएको देखाएको छ ।

ग्लोबल हेल्थ ५०/५० र वातावरण, जनसङ्ख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले आज यहाँ सार्वजनिक गरेको अध्ययनमा सो अपर्याप्त भएको देखाएको हो । ती दुई संस्थाद्वारा जारी विज्ञप्तिमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ७७ संस्थाका कार्यगत क्षेत्र र सञ्चालित स्वास्थ्य कार्यक्रमको परीक्षण सो अध्ययनमा गरिएको जनाइएको छ । ती संस्थामध्ये ४७ नेपालमा सञ्चालनमा रहेका वा नेपालमा कार्यालय स्थापना गरी सञ्चालित विश्वव्यापी संस्था र ३० राष्ट्रिय गैरसरकारी संस्था रहेको जनाइएको छ ।

त्यस्तै दुई मन्त्रालय र तीन सरकारी विभागको पनि विश्लेषण सो अध्ययनमा गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाको उनीहरुको नीति र कार्यक्रममा लैंगिक समानताको मापन गर्ने लक्ष्य राखेर अध्ययन गरिएको सो पहिलो अध्ययन भएको जनाइएको छ ।

अध्ययनको निष्कर्षले लैंगिक समानता मापनका लागि प्रयोग गरिएका चार क्षेत्रमा सुधारका लागि विशेष ठाउँ रहेको देखाएको छ । आधाभन्दा कम ९१३÷३०० राष्ट्रिय गैह्रसरकारी संस्थाले सार्वजनिक रुपमा लैंगिक समानतामा प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी तीन गैह्रसरकारी संस्थाले लैंगिक तथा यौनिक अल्पसङ्ख्यकलाई समावेश गरेर आफ्नो प्रतिबद्धता जनाएका छन् । लैंगिक समानताको सार्वजनिक प्रतिबद्धता जनाउनु भनेको कार्यक्षेत्रमा र स्वास्थ्य मापन सूचकको प्राप्तिमा लैंगिक असमानताको सम्बोधनका निम्ति सुरुआत विन्दु भएको अध्ययनमा उल्लेख छ ।

कृपाका सहनिर्देशक एवम् अध्ययन प्रतिवेदनका सहलेखक डा महेश पुरीले भने, “यस अध्ययनले लैङ्गिक समानताका लागि पारदर्शिता हासिल गर्नका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंख्या पछाडि रहेको उजागर गरेको छ । केही संस्थाले महिलाको वृत्ति विकास र समान अवसर प्रदान गर्ने कार्यस्थलगत नीति प्रकाशित गरेका छन् । ती पारदर्शिता देखाउनका लागि मात्र नभएर उनीहरूका प्रतिबद्धताहरूको लेखाजोखा गर्नका लागि पनि यस्ता नीति सार्वजनिक रूपमा उपलब्ध हुनुपर्दछ । हाम्रो अध्ययन प्रतिवेदन नेपालमा लैंगिक समानताका लागि भएको प्रगतिको मूल्यांकन गर्ने सुरुआत पनि हो ।”

लैंगिक समानता, विविधता र समावेशीकरणका लागि कार्यस्थलगत नीतिले कार्यक्षेत्रलाई राम्रो बनाउन प्रोत्साहन र सहयोग गर्दछन् । यस अनुरूप महिला र कम प्रतितिधित्वमा परेका समूहका लागि पनि वृत्ति विकासमा सहज बनाउने अध्ययनमा भनिएको छ । समीक्षा गरिएका ४७ अन्तरराष्ट्रिय संस्थाहरूमध्ये तीन संस्थाहरुमा नेपाल केन्द्रित कार्यस्थलगत लैङ्गिक समानता नीतिहरू र दुईमा विविधता समावेशी नीति (विश्वव्यापी नीतिभन्दा भिन्न) रहेको पाइएको अध्ययनमा उल्लेख ।

ती संस्थाको प्रसूति बिदासम्बन्धी नीति नियमको समीक्षा गर्दा ‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन, २०१८’ मा व्यवस्था गरिएअनुसार महिलाले पाउनुपर्ने अधिकारभन्दा कम हप्ताको तलबी प्रसूति बिदा प्रदान गरेको देखाएको छ । यसबाट तत्काल कार्यस्थलगत नीति अद्यावधिक गरी यसको सुनिश्चितता गर्नुपर्नेतर्फ अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

नेतृत्व तह र व्यवस्थापकीय पदमा लैङ्गिक समानतामा विभेद पनि यस अध्ययनले देखाएको छ । महिलाहरूको उच्च तथा निर्णायक स्तरमा कम प्रतिनिधित्व छ । राष्ट्रिय गैरसरकारी संस्थामध्ये एक तिहाइमा (१०÷३०) मात्र महिलाहरूको नेतृत्व पाइएको छ । संविधानले निजामती सेवामा महिलाहरूको नियुक्ति वृद्धि गर्ने प्रतिबद्धता जनाएको भए तापनि ती निकायहरूमा पुरुष नेतृत्वकै वर्चस्व रहेको देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माथिल्लो व्यवस्थापकीय तहमा धेरै नै लैंगिक असमानता अर्थात् ८९ प्रतिशत ९२५÷२८० पुरुष रहेको पाइएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको उच्च व्यवस्थापनमा लगभग लैंगिक समानता (५४ प्रतिशत पुरुष र ४६ प्रतिशत महिला) रहेको पाइएको छ ।

अन्तरराष्ट्रिय सङ्गठनका नेपालस्थित कार्यालयमा हरेक पाँचमा दुई (११/२९) मात्र नेपाली नागरिकहरूले नेतृत्व गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “ यसले अन्तरराष्ट्रिय संगठनहरुमा उनीहरूको वृत्ति विकासका अवसरमा अभाव भएको देखाउँदछ ।”

स्वास्थ्यसम्बन्धी सूचकका असमानतालाई सम्बोधन गर्न लैंगिक रूपान्तरण कार्यक्रम मुख्य हो, तर तीनमध्ये एक (९÷३०) गैह्रसरकारी संस्थाहरूमा लैङ्गिक विहीनताका कार्यक्रम छन् । त्यस्तै, करिब ४ प्रतिशत ९२÷४७० अन्तरराष्ट्रिय संस्थाको नेपालका कार्यक्रम पनि लैङ्गिकविहीन रहेको पाइएको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

ग्लोबल हेल्थ ५०/५० का सहनिर्देशकद्वय प्रा सारा हक्स र प्रा केन्ट बुसले भने, “अध्ययन प्रतिवेदनले लैङ्गिक समानतालाई राष्ट्रिय सन्दर्भमा बुझ्नका लागि नयाँ सम्भावना देखाएको छ । यो तथ्यांक लैङिक समानता र स्वास्थ्य समता प्राप्तिका लागि प्रयोगमा ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछौँ । यसले प्रभावकारी परिवर्तन यसै भित्रबाट ल्याउँदछ । हामी यस स्तरको अध्ययन प्रतिवेदन तयार पार्न कृपालाई सघाउन पाएकामा खुसी छौँ ।”

सम्बन्धित समाचार

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...