सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
काठमाडौँ। मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसर पारेर बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश प्रमुख कर्णले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनका लागि सार्वजनिक पद धारण गरेकाहरुले आफ्नो पदलाई केवल सेवाभावले मात्रै बुझन आवश्यक रहेको समेत बताउनु भयो । उहाँले जनप्रतिनिधिहरु वा सरकारी कर्मचारीहरुले पदीय मर्यादामा रहँदा जन सेवाको कामलाई आत्मासात गरेर अघि बढे भ्रष्टाचारको जरो आफै उखेलिने समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा हामी कहिल्यै विचलित हुनुहुँदैन । आजको युगमा हामी तर राजर्षी जनकको दर्शनले हामीलाई के सिकाउँछ भने पद र शक्तिको मोहमा परेर आफ्नो कर्तव्य र मर्यादाबाट विमुख हुनुनै सबभन्दा ठूलो विचलन हो । विवेक, दर्शनको सान्दर्भिकता आज झन बढेको छ । जब एउटा कर्मचारी वा जनप्रतिनिधिले सरकारी कुर्सीमा बस्दा त्यसलाई अधिकारको डण्डा होइन, बरु पवित्र नासोको रुपमा स्विकार गर्छ, तवमात्र भ्रष्टाचारको जरो उखेलिन्छ । सार्वजनिक पदमा बस्ने हामी प्रत्येक यो सोच्न आवश्यक छ कि हामी यो पदमा केवल सेवा गर्न आएका हौ । निजी आर्जन गर्न होइन । जसरी राजर्षी जनकले राजकीय वैभवको बीचमा भएर पनि कहिल्यै कुनै आशक्ति राखेनन् । त्यसैगरी आजका हामी सबै राष्ट्र सेवकहरुले राज्यको स्रोत र साधनलाई जनताको नासो ठानी संरक्षण गर्नु पर्दछ ।’
प्रदेश प्रमुख कर्णले पद र शक्तिको मोहमा परेर आफ्नो मर्यादाबाट विमुख हुने छुट कसैलाई पनि नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको...
भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको...
मस्तिष्कघातबाट मेयरको निधन
धनुषा। धनुषास्थित हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको निधन भएको छ। मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो।...
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा बिहीबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका सवारी चालकविरुद्ध ५ दिन...




