अफ्रिकी संघको कार्यकारी परिषद्को बैठक शुरु, जल सुरक्षा, एकता र शान्तिमा जोड
अफ्रिकी संघको कार्यकारी परिषद्को ४८ औं साधारण सत्र बुधवार इथियोपियाको राजधानी अडिस अबाबास्थित एयू मुख्यालयमा शुरु भएको छ । ३९ औं एयू शिखर सम्मेलनको ढाँचा अन्तर्गत सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरूको सहभागितामा यो दुई दिने बैठक आयोजना भइरहेको छ । यस बैठकको मुख्य विषय ‘एजेण्डा २०६३ का लक्ष्यहरू प्राप्त गर्न दिगो जल उपलब्धता र सुरक्षित सरसफाइ प्रणाली सुनिश्चित गर्ने’ रहेको छ ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै एयू आयोगका अध्यक्ष महमुद अली युसुफले पानी र सरसफाई सबै देशहरूका लागि महत्वपूर्ण रहेको र यसलाई संरक्षण गरिनुपर्ने स्रोतको रूपमा हेरिनुपर्ने बताउनु भयो । यो दैनिक जीवनका लागि मात्र नभई हामीलाई एकजुट बनाउने कारक पनि बन्नुपर्ने बताउनु भयो । युसुफले गिनि र गेबोनको संघमा पुनरागमनको स्वागत गर्नुभयो भने म्याडागास्कर र गिनी–बिसाउमा भएको असंवैधानिक सत्ता परिवर्तनप्रति चिन्ता व्यक्त गर्नुभयो ।
यस्तै, इथियोपियाका विदेशमन्त्री गेडियन टिमोटियोसले सामूहिक सुरक्षा र समृद्धिका लागि एकताको महत्वमा जोड दिनुभयो। उहाँले सन् २०२५ मा अफ्रिकी महादेशीय मुक्त व्यापार क्षेत्रमार्फत क्षेत्रीय एकीकरण बलियो भएको बताउनु भयो । यो बैठकले फेब्रुअरी १४–१५ मा हुने राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको शिखर सम्मेलनको कार्यसूची तयार गर्नेछ र जी–२० मा अफ्रिकी संघको सहभागिता लगायतका विषयमा छलफल गर्नेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बङ्गलादेशको आम निर्वाचनमा बीएनपी पार्टीको बहुमत
काठमाडौँ । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म...
स्पेनका रेल कर्मचारीहरू सुरक्षाको माग गर्दै हड्तालमा
स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हडताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक...
वेस्ट बैंकमा इजरायली नियन्त्रण विस्तार विरुद्ध प्यालेस्टाइनको प्रतिरोध आह्वान
प्यालेस्टाइनी नेतृत्वले प्यालेस्टाइनी नागरिक र सुरक्षा संस्थाहरूलाई पश्चिम बैंकमा नियन्त्रण विस्तार गर्ने उद्देश्यका साथ चालिएका इजरायली कदमहरूसँग सहयोग नगर्न...
इरानद्वारा नेतान्याहुको अमेरिका भ्रमणको आलोचनाः आणविक वार्तालाई कमजोर पार्ने प्रयास भएको दाबी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको संयुक्त राज्य अमेरिकाको भ्रमण इरान र अमेरिकाबीच शुरु भएको आणविक वार्तालाई कमजोर बनाउने प्रयास भएको...




