सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।
मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताउनुभएको हो । खनालकाअनुसार सूचनाको हकसम्बन्धी कानूनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेका छन्। तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उहाँले बताउनु भयो ।
पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताउनुभयो।
खनालकाअनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ ।
अर्थमन्त्री खनालले भन्नुभयो– ‘अर्थतन्त्र सही तरिकाले चल्नका निमित्त सही सूचना प्रवाह आवश्यक हुन्छ । सही सूचना प्रवाह कतिपय अवस्थामा सूचनाको हक सम्बन्धि कानूनले सिधै कभर नगरेपनि थ्रुपै मापदण्ड र कानूनले सम्बोधन गरेको छ । पुँजीबजारमा इन्साइडर ट्रेडिङका कारणले कतिपय व्यक्तिहरुले सूचनाको एकाधिकार प्राप्त गरिरहेका छन् । सबै लगानीकर्ताले समान तवरले समान निर्णय गर्न सुचना त्यही समयमा पाउन सकिरहेका छैनन् । त्यही सूचना पनि कतिपयले १० दिन पछि प्राप्त गर्यो । कुनैले तत्काल रियल टाइममा प्राप्त ग¥यो भने त्यही अवसर र लाभमा ठूलो फरक आउँछ।
धातु बजारमा सुन चाँदीको मूल्य कसरी बढ्दैछ भन्ने सूचना कुनै व्यवसायीले रियल टाइममा प्राप्त गर्नसक्यो र अर्को व्यवसायीले समय ग्रुजिसकेपछि प्राप्त गर्यो भने ती दुई बीचमा लाभ र हानीमा ठूलो फरक हुन्छ । त्यसकारणले सूचनाको महत्व ठूलो छ । अहिले हामीलाई सुचनाको हकसम्बन्धि ऐनले मात्रै हामीलाई सूचना खोजी गर्ने अवसर दिएको छैन । नेपालका लेखामापदण्डहरुले ठूला कम्पनीहरु, अर्थतन्त्रको ठुलो आकार ओगट्ने नेपालका घरनाहरुले कस्तो कारोबार गरेका छन् ? त्यसले आम नागरिकको आम जिवनमा कस्तो प्रभाव परेको छ र उनीहरुले कस्ता सूचना प्रवाह गर्नुपर्छ भन्ने सन्दर्भमा लेखामापदण्डहरुले निर्धारण गरेको छ । तर एउटा पत्रकारले पनि लेखामापदण्ड अनुसारको सूचना कुनै एउटा कम्पनीले जारी ग¥यो की गरेन, त्यो कम्पनीले सार्वजनिक निष्काशन गर्दा दिनुपर्ने सूचनाहरु जारी गर्यो की गरेन् भनेर टिकाटिप्पणी गरेको मैले सुनेको छैन । अरु टिकाटिप्पणी हुन्छ तर रियल त्यस्तो खालको सूचना दियो की दिएन भन्ने पत्रकारले खाजी गरेका छैनन् ।’
खनालले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताउनुभयो । तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे÷नगरेको विषयमा पत्रकारहरूले गम्भीर अनुगमन नगरेको उहाँको टिप्पणी थियो । खनालकाअनुसार समान अवसरको व्यवस्था विश्वभर प्रचलित भएपनि नेपालमा कम्पनीहरूले दलित, जनजाति तथा पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा प्राप्त हुन सकेको छैन । नागरिकसम्म सही सूचना पु¥याउने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
२.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
३.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...
पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राजावादीहरुको भिड
काठमाडौं। झापा भ्रमण सकेर काठमाडौं फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर दुर्गा प्रसाईंसहित समर्थकहरूको ठूलो भीडले...




