मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ।
ओखलढुंगा चिसंखुगढी गाउँपालिका ६ का ४२ वर्षीय पुरुषको एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल ओपन हार्ट सर्जरी गरिएको हो।
मुटु रोग विशेषज्ञ प्राडा अनिल भट्टराईका अनुसार एमआइसीएस भन्नाले काखीमुनि सानो प्वाल पारेर गरिने आधुनिक शल्यक्रिया प्रविधि हो। यसमा छाती पुरै चिर्नु पर्दैन। यस किसिमको आधुनिक प्रविधिबाट गरिएको यो शल्यक्रिया नेपालमै पहिलो पटक भएको उहाँले बताउनुभयो।
ती बिरामी करिब डेढ महिना अघि छाति दुखेको समस्या लिएर अस्पताल पुगेका थिए। इको कार्डियोग्राफी गर्दा उनको मुटुमा जन्मजात प्वाल अर्थात् भेन्ट्रिकुलर सेप्टल डिफेक्ट (भीएसडी) को समस्या भेटिएको डा भट्टराईले बताउनुभयो। मुटुमा प्वाल भएकै कारण ती बिरामीलाई पहिले पनि दुई पटक संक्रमणको समस्या भइसकेको थियो।
उक्त समस्या भेटिएपछि उनी एक साताअघि शल्यक्रियाका लागि अस्पताल भर्ना भएका थिए। आज भने उनी डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य रहेको डा भट्टराईले जानकारी दिनुभयो।
डा भट्टराईको नेतृत्वमा भएको शल्यक्रियामा डा रवि बराल, डा प्रभात खकुरेल, डा समिर यादव र प्राडा विश्वास प्रधान सहभागी हुनुहुन्थ्यो।
ताजा अपडेट
-
१.
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
-
२.
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
-
३.
वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
-
४.
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
ट्रेन्डिङ
सम्बन्धित समाचार
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
काठमाडौं। सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक नियन्त्रणमा सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।...
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो व्यवस्था फेर्न बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न...
कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...
मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा...




