मुख्य समाचार

बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो व्यवस्था फेर्न बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न आर्थिक युद्धको झण्डा बोक्ने बताउनुभएको छ। ३०औँ जनयुद्ध दिवसका अवसरमा आज रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफूहरू अझै क्रान्तिको प्रक्रियामै रहेको बताउनुभएको हो। उहाँले क्रान्तिको स्वरूप फेरिएकाले अब उत्पादन र आर्थिक क्रान्तिमा लाग्ने बेला भएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “युद्ध जारी छ। तर अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ। उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका लागि हुनेछ। भ्रष्टाचारविरुद्ध हुनेछ, पारदर्शिताका लागि हुनेछ। म त्यो नयाँ युद्ध र उत्पादन र समृद्धिको नयाँ क्रान्तिको झण्डा बोक्न फेरि एकचोटि तपाईँहरूको बीचमा रुकुम पूर्वमा आइपुगेको छु।” उहाँले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “थोरै विद्यार्थी र धेरै विद्यालयभन्दा ‘हब स्कुल’को अवधारणा अनुसार आवासीय सुविधा तथा दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता गर्छु। रुकुमको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्छु।”

मगर जातिको पहिचान र स्वायत्तताको विषयमा संविधानको मर्म र भावना अनुसार मगर क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्न पहल गर्ने प्रचण्डको दाबी छ। चुनवाङ बैठकस्थल, छापामार पदमार्ग तथा जनयुद्धका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरिका अध्येता र पर्यटकलाई आकर्षित गरिने समेत संयोजक प्रचण्डको भनाइ छ।

“लुम्बिनी प्रदेश सरकारद्वारा घोषित अर्गानिक जिल्लासम्बन्धी आवश्यक कानुन, नीति निर्माण गरिनेछ र प्रमाणीकरण तथा बजार सुनिश्चित गरी यहाँका उत्पादनलाई प्रिमियम ब्रान्डका रूपमा सहरका डिपार्टमेन्टल स्टोरसम्म पु¥याइनेछ। देशकै गुणस्तरीय टिमुरलाई ब्रान्डिङ गरी स्याउ, सुन्तला, कागतीलगायतका फलफूल तथा अर्गानिक तरकारी र अन्य बालीहरूको बजारीकरण गरिनेछ,” उहाँले भन्नुभयो।

उहाँले जनयुद्धका उपलब्धि रक्षा गर्ने पक्षमा कि इतिहासको रथ उल्ट्याउन खोज्ने प्रतिक्रियावादी र प्रतिगामीहरूको पक्षमा भन्नेबीच यो चुनाव हुन लागेको बताउनुभएको छ।

सम्बन्धित समाचार

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं।  सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक नियन्त्रणमा सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।...

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा...

कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा...