मुख्य समाचार

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं।  सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक नियन्त्रणमा
सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।

इटालिमा बनेको पेस्तोल र सोको ३ राउण्ड गोलि सहित भारतको अररिया ग्राम पंचायत -४ बस्ने ३६ बर्षका राम थेलन पासवानलाई सुनसरी गाउँ पालिका -३ जमुवा स्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार सांझ नियन्त्रणमा लिएको हो ।भारतिय नम्बरप्लेटको मोटरसाइकलमा नेपाल तर्फ आउंदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम , नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८०, र मोटरसाइकल समेत बरामद भएको छ । नियन्त्रणमा लिइएका पासवानलाइ बरामद सामाग्री सहित आबश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सीमा नाकामा कडाइ गर्न डिआइजी मनिष थापाको निर्देशन
यसै बिच निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनिका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले निर्देशन दिए संगै सीमा नाकामा चेकजाँच लाई तीव्रता दिइएको छ । सोही क्रममा हतियार सहित ब्यक्ती नियन्त्रणमा लिन सफलता मिलेको हो ।
डिआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा नाका को स्थलगत अनुगमन गर्नुहुँदै सीमा बाट हुने अबैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाइ निर्देशन दिनुभएको छ ।

सम्बन्धित समाचार

बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड

बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो व्यवस्था फेर्न बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न...

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया

काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा...

कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा...