नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गर्नुभयो । उहाँले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहो¥याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको राष्ट्रिय राजनीतिमा मूलतः बामपन्थी विचार र शक्तिहरुकै वर्चश्व रह्यो । मैले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु । किनभने राजनीति शास्त्रमा समाजलाई पनि लेफट आरेन्टेट पो्लिटिकल आईडियोलोजीको रुपमा लिने गरिन्छ । यो ७० वर्ष लामो बैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादनै हावी रह्यो । एकातिर नेपाली जनमानस सनातन धर्म, संस्कृति, परम्पराप्रति आस्था राख्ने र त्यसैबाट निश्रित वैचारिक अवधारणाबाट अनुप्राणित छ । वैदिक कालदेखिका मूल्य र मान्यताले नेपाली समाजमा बलियो जरो गाडेर बसेको छ । एकातिर प्राचिन वैदिक मूल्य र मान्यता र परम्परा नेपाली समाजको विशिष्ट चरित्र हो । तर अर्कोतर्फ राजनीतिक रुपमा भने त्यसको ठिक विपरित मान्यता राख्ने साम्यवाद, माक्र्सवादवाद, समाजवादले हाम्रो समाजलाई डोहो¥याउने, नेतृत्व दिने काम ग¥यो । त्यो विरोधाभाषले मलाई घच्घच्याई राखेको थियो । त्यो बिडम्वनाको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यक्त रहेको अडान समेत दोहो¥याउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना
-
२.
मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
-
३.
भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
-
४.
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
-
५.
नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
काठमाडौँ। नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ...
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
काठमाडौँ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा...
भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन
सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...
जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण
जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...




