शनिबार, बैशाख १३, २०८२
English
Follow us:

दुधौलीका मेयरविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी

दुधौलीका मेयरविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी

  • खबर सेवा

  • शनिबार, बैशाख १३, २०८२

  • 32
    SHARES
दुधौलीका मेयरविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी

काठमाडौँ। दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको छ ।

उनीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । ‘पीडितले जाहेरी दिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

१७ वर्षीया बालिकाले आफूलाई मेयर अधिकारीले जबरजस्ती करणी गरेको भन्दै बिहीबार जाहेरी दिएकी थिइन्। सिन्धुली जिल्ला अदालतका अनुसार हालसम्म अधिकारीको नाममा पक्राउ अनुमति भने जारी भएको छैन। अधिकारी माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । एमालेका लक्ष्मण कार्कीलाई पराजित गर्दै उनी २०७९ मा मेयरमा निर्वाचित भएका थिए ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology