विराटनगर मियरका उम्मेदवार कोइरालाले भने : ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’

काठमाडौं । कांग्रेसबाट विराटनगर महानगरपालिकाको मियर पदका उम्मेदवार नागेश कोइरालाले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका छन् ।

उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए ।करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले भने, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।”

नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए ।

कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ-आफ्नो धारणा राखेका थिए ।

छलफल कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी रहेका थिए ।

You might also like
Comments
Loading...