बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौं ।  बारामा छुटाछुटै ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

कलैया उपमाहनगरपालिका १६ मडौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारी र कोल्हबी नगरपालिका-बलेवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरीको डुबरे मृत्यु भएको हो ।

बुधबार साँझ पौने ५ बजे बाराको कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने यस्तफा अन्सारी टोलकै ४/५ जना बच्चाहरुसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए ।

घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाकारी दिएको छ ।

You might also like
Comments
Loading...