अर्थ

स्थगन गरिएका आयोजनाहरुको बजेट फुकुवा हुने क्रममा छः अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरुको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भूवनबहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले कतिपय आयोजनाहरुको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनःसञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको बताउनुभयो ।

उहाँले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न समेत उल्लेख्य बजेट आवश्यक परेको उल्लेख गर्नुभयो । चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजन हुँदा कतिपय आयोजनाको दायित्व सिर्जना भई भुक्तानी गर्न नसकिएको अवस्था रहेकाले पनि कतिपय योजनाको बजेट स्थगन गर्न परेको उहाँको भनाई छ । उहाँले तयारी नै नभएका, खरिद प्रक्रियामा नगेका, साना तथा टुक्रे आयोजना जसले तत्काल समष्टिगत अर्थतन्त्रमा लाभ दिन नसक्ने देखिएका आयोजनालाई स्थगन मात्रै गरिएको उहाँले स्पष्ट पार्नुभयो । डिजाईन तथा स्टिमेट पूरा भइसकेका, टेण्डर प्रक्रियामा गएका वा क्रमागत आयोजना तथा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनालाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः फुकुवा गर्ने व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार सोही व्यवस्थाअनुसार हाल धेरै आयोजनाको रकम फुकुवा भई कार्यान्वयन शुरु हुने क्रममा रहेका छन् भने केही आयोजना शुरु भइसकेका छन् ।

उहाँले भन्नुभयो, ‘यो सरकार बन्ने बेलामा आन्दोलनले क्षतिग्रस्त संरचना पुनर्निमाण गर्नुपर्ने, मर्मत गर्नुपर्ने, सार्वजानिक सेवाको पुनरसञ्चालन गर्नको लागि खर्चको जोहो गर्नुपर्ने, यही बजेटबाट । साथै राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन गर्नको लागी ठूलो रकम जोहो गर्नुपर्ने र चालु र महत्वपूर्ण आयोजनाहरुमा कम विनियोजन भएर कतिपय आयोजनाहरुको दायित्व सिर्जना भएर भुक्तानी गर्न नसकिएको अवस्था रहेको, आर्थिक पुनरोत्थान र राहत वितरण गर्नुपर्ने भएकोले त्यो क्रममा आयोजनाको पुनः प्राथमिकिकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्ययिता कायम गरेर अधिक खर्चको निमित्त बजेटको व्यवस्था गर्न मन्त्रीपरिषद्को २०८२ असोज ५ को निर्णय अनुसार तयारी हुँदै नभएका, खरिद प्रक्रियामा जाँदै नगएका, खुद्रे, टुक्रे आयोजना जसले समष्टिगतमा आर्थिक अवस्थलाई तत्कालै लाभ दिन सक्दैन त्यस्ता आयोजनालाई स्थगन मात्रै गरिएको थियो। भनिएको के थियो भने यदी केही गरि ती आयोजनाहरु पनि डिजाईन स्टमेट सकिएर, टेण्डरमा जाने क्रममा छन्, अथवा टेण्डरमा गईसकेका छन्, वा ती क्रमागत हुन् अथवा उपभोक्ता समितिसंग सम्झौगा गरेर प्रारम्भ हुने क्रममा छन् भने तिनिहरुलाई क्रमैसँग मन्त्रालयबाट फुकुवा गर्ने भनिएको थियो, त्यही अनुसार अहिले धेरै आयोजनाहरुको रकम फुकुवा भएर आयोजना शुरु हुने क्रममा रहेका छन् भने केही शुरु भइसकेका छन् ।’

अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गरेर आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार गरिएको उहाँले जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

असी प्रतिशतले घट्यो सुन कारोबार

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...

घट्य‍ो अधिकांश मुद्राक‍ो मूल्य

घट्य‍ो अधिकांश मुद्राक‍ो मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन...

जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास खनिज ग्यासको भण्डारण

काठमाडौं। यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।...