इरानद्वारा नेतान्याहुको अमेरिका भ्रमणको आलोचनाः आणविक वार्तालाई कमजोर पार्ने प्रयास भएको दाबी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको संयुक्त राज्य अमेरिकाको भ्रमण इरान र अमेरिकाबीच शुरु भएको आणविक वार्तालाई कमजोर बनाउने प्रयास भएको इरानले बताएको छ । नेतान्याहु अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्न मंगलवार वासिङ्टन प्रस्थान गर्नुभएको थियो।
उहाँले आगामी वार्ताहरूमा इरानको ब्यालेस्टिक मिसाइल क्षमताप्रति कडा अडान लिन ट्रम्पलाई दबाब दिने उद्देश्य राखेका छन् । ट्रम्पले गाजामा युद्धविराम घोषणा गरेपछि अक्टोबर २०२५ मा जेरुसेलममा भएको भेटवार्तासहित सत्तामा फर्किएपछि इजरायली प्रधानमन्त्रीको ट्रम्पसँगको यो सातौं भेट हो । नेतान्याहुको कार्यालयले हालै भनेको छ कि प्रधानमन्त्रीले इरानसँगको कुनैपनि वार्ताले यसको आणविक मुद्दा मात्र नभई ब्यालेस्टिक मिसाइल कार्यक्रम र क्षेत्रीय गतिविधिहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने धारणा राख्नेछन्।
नेतान्याहुको वासिङ्टन भ्रमणको प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इजरायल यस क्षेत्रमा असुरक्षा र सुरक्षा समस्याहरूको मुख्य कारण भएको बताउनु भयो । इजरायल इरानको शान्तिपूर्ण आणविक कार्यक्रमलाई बनावटी संकटमा परिणत गर्ने मूल कारण भएको बाघेईले बताउनुभयो। उहाँले इजरायल यस क्षेत्रमा शान्ति र स्थिरता पुनः स्थापना गर्ने कुनैपनि कुटनीतिक प्रक्रियाको विरोधी रहेको समेत बताउनुभयो।
बाघेईले इरानले वार्तामा आफ्नो गम्भीरता र सद्भाव प्रमाणित गरेको र देशमा लगाइएका अवैध प्रतिवन्धहरू हटाउन हतारमा रहेको बताउनुभयो।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मंगलवार ओमान पुगेको ओमान समाचार एजेन्सीले रिपोर्ट गरेको छ । ओमानको शाही दरबारको आधिकारिक विज्ञप्तिअनुसार ओमानका सुल्तान हैथम बिन तारिक अल सैदले इरानी अधिकारीसँग भेट गरी इरान–अमेरिका वार्तासँग सम्बन्धित पछिल्ला घटनाक्रम र दुई पक्षबीच सन्तुलित र निष्पक्ष सम्झौतामा पुग्ने उपायबारे छलफल गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बङ्गलादेशको आम निर्वाचनमा बीएनपी पार्टीको बहुमत
काठमाडौँ । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म...
स्पेनका रेल कर्मचारीहरू सुरक्षाको माग गर्दै हड्तालमा
स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हडताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक...
वेस्ट बैंकमा इजरायली नियन्त्रण विस्तार विरुद्ध प्यालेस्टाइनको प्रतिरोध आह्वान
प्यालेस्टाइनी नेतृत्वले प्यालेस्टाइनी नागरिक र सुरक्षा संस्थाहरूलाई पश्चिम बैंकमा नियन्त्रण विस्तार गर्ने उद्देश्यका साथ चालिएका इजरायली कदमहरूसँग सहयोग नगर्न...
टर्कीद्वारा मन्त्रिपरिषद् पुनर्गठनः नयाँ न्याय र गृह मन्त्रीहरू नियुक्त
राष्ट्रपतीय निर्णयअनुसार टर्कीले वरिष्ठ न्यायिक र प्रशासनिक पदहरूमा ठूलो फेरबदल गरेको छ । जसमा अकिन गुर्लेकलाई न्याय मन्त्री र...




