वेस्ट बैंकमा इजरायली नियन्त्रण विस्तार विरुद्ध प्यालेस्टाइनको प्रतिरोध आह्वान
प्यालेस्टाइनी नेतृत्वले प्यालेस्टाइनी नागरिक र सुरक्षा संस्थाहरूलाई पश्चिम बैंकमा नियन्त्रण विस्तार गर्ने उद्देश्यका साथ चालिएका इजरायली कदमहरूसँग सहयोग नगर्न आग्रह गरेको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनी उप–राष्ट्रपति हुसेन अल–शेखले प्यालेस्टाइनीहरूलाई अडिग रहन र इजरायली कब्जाका कानूनहरूलाई अस्वीकार गर्न आह्वान गरेका छन् ।
प्यालेस्टाइनी जनतालाई आफ्नो भूमिमा अडिग र लचिलो रहन र कब्जा गर्ने कानूनहरूलाई पूर्ण रूपमा अस्वीकार गर्न आह्वान गरिएको छ । इजरायली सरकारले केही दिनअघि स्वीकृत गरेको पछिल्लो कानून अन्तर्राष्ट्रिय कानून र प्यालेस्टाइन मुक्ति संगठनसँग गरिएका सम्झौताहरूको विपरित रहेको प्यालेस्टाइनको ठहर छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बङ्गलादेशको आम निर्वाचनमा बीएनपी पार्टीको बहुमत
काठमाडौँ । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म...
स्पेनका रेल कर्मचारीहरू सुरक्षाको माग गर्दै हड्तालमा
स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हडताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक...
इरानद्वारा नेतान्याहुको अमेरिका भ्रमणको आलोचनाः आणविक वार्तालाई कमजोर पार्ने प्रयास भएको दाबी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको संयुक्त राज्य अमेरिकाको भ्रमण इरान र अमेरिकाबीच शुरु भएको आणविक वार्तालाई कमजोर बनाउने प्रयास भएको...
टर्कीद्वारा मन्त्रिपरिषद् पुनर्गठनः नयाँ न्याय र गृह मन्त्रीहरू नियुक्त
राष्ट्रपतीय निर्णयअनुसार टर्कीले वरिष्ठ न्यायिक र प्रशासनिक पदहरूमा ठूलो फेरबदल गरेको छ । जसमा अकिन गुर्लेकलाई न्याय मन्त्री र...




