स्पेनका रेल कर्मचारीहरू सुरक्षाको माग गर्दै हड्तालमा
स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हडताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक सुधारको माग गर्दै सेवाहरू स्थगित गरेका हुन् । यो हडतालका कारण देशभर रेल सेवा रद्ध भएको छ । यात्रुहरूको यात्रा प्रभावित भएको छ ।
युनियनका प्रतिनिधिहरूले स्पेनमा हालै भएका रेल दुर्घटनाहरूको श्रृङ्खलाले अग्रपंक्तिका कर्मचारीहरूमा रेल सुरक्षाको अवस्थाबारे चिन्ता बढाएको बताएका छन् । हडतालको समयमा, स्पेन सरकारले अत्यावश्यक यातायात आवश्यकताहरू सुनिश्चित गर्न न्युनतम सेवा स्तरहरू तोकेको थियो ।
यद्यपि केही मार्गहरूमा सेवाहरू ससमित नै रहे । पछिल्लो जानकारीअनुसार सोही दिन सरकार र युनियनहरू बीच रेल सुरक्षा सुदृढ गर्ने र काम गर्ने अवस्था सुधार गर्ने उपायहरूमा सम्झौता भयो। त्यसपछि हडताल फिर्ता लिइएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बङ्गलादेशको आम निर्वाचनमा बीएनपी पार्टीको बहुमत
काठमाडौँ । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म...
वेस्ट बैंकमा इजरायली नियन्त्रण विस्तार विरुद्ध प्यालेस्टाइनको प्रतिरोध आह्वान
प्यालेस्टाइनी नेतृत्वले प्यालेस्टाइनी नागरिक र सुरक्षा संस्थाहरूलाई पश्चिम बैंकमा नियन्त्रण विस्तार गर्ने उद्देश्यका साथ चालिएका इजरायली कदमहरूसँग सहयोग नगर्न...
इरानद्वारा नेतान्याहुको अमेरिका भ्रमणको आलोचनाः आणविक वार्तालाई कमजोर पार्ने प्रयास भएको दाबी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको संयुक्त राज्य अमेरिकाको भ्रमण इरान र अमेरिकाबीच शुरु भएको आणविक वार्तालाई कमजोर बनाउने प्रयास भएको...
टर्कीद्वारा मन्त्रिपरिषद् पुनर्गठनः नयाँ न्याय र गृह मन्त्रीहरू नियुक्त
राष्ट्रपतीय निर्णयअनुसार टर्कीले वरिष्ठ न्यायिक र प्रशासनिक पदहरूमा ठूलो फेरबदल गरेको छ । जसमा अकिन गुर्लेकलाई न्याय मन्त्री र...




